१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले जितको खाता खोल्यो, भुटान चार गोलले पराजित



अ+ अ-

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत फुटबलमा नेपाल विजयी भएको छ। मंगलबार भएको खेलमा भुटानलाई ४ गोलले हराउँदै नेपालले जित हासिल गरेको हो।

नेपालका तर्फबाट सुजल श्रेष्ठले २, अभिषेक रिजाल र मिक्चेन तामाङले फ्रि-किकमार्फत् गोल गरेका हुन्।

खेलको ७६ मिनेटमा मिक्चेन तामाङले फ्रि-किकमार्फत् अर्को गोल थपेपछि नेपालले फराकिलो गोल अन्तरले जित हासिल गरेको हो। दोस्रो हाफमा ६५ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल थपेपछि नेपालले अग्रता फराकिलो पार्दै लगेको थियो।

पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफको ५२ मिनेटमा अर्को गोल थपेको हो। यससँगै नेपालले सागको पहिलो खेलमा नेपालले जितको खाता खोलेको छ।