५ श्रावण २०८३, मंगलवार
,
Latest
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाई हुने भरतपुर अस्पतालमा बिरामीको उच्च चाप कृषि मन्त्री चौधरी र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनकी निर्देशक हुआ याङबिच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको निर्णयपछि कांग्रेसमा एकताको सन्देश, पुनर्जागरणका लागि सक्रिय हुन सभापति थापाको आह्वान



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयपछि पार्टी एकताका लागि अनुकूल वातावरण बनेको बताएका छन्।

उनले उक्त निर्णयलाई जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको पक्षमा भएको स्पष्ट पारे।

सभापति थापाले पार्टीका सदस्य तथा शुभेच्छुकहरूलाई देशभित्र वा बाहिर जहाँ भए पनि जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणमा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे। उनले पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा आफ्नो जिम्मेवारी सबैभन्दा बढी रहेको उल्लेख गर्दै त्यसअनुसार सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको उल्लेख गर्दै थापाले महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।

उनले अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल निर्माणमा योगदान दिने सक्षम पार्टी बनाउन सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।