१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमा नेपालको पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय खेल



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा आज बिहिबार दुई खेल हुँदैछ । पहिलो खेलमा नेपालले भुटान र दोस्रो खेलमा माल्दिभ्सले श्रीलंका यू–२३ टिमसँग खेल्नेछ । खेल किर्तिपुरथित टियु मैदानमा हुने भएको छ । नेपाल र भुटानको खेलको खेल बिहान ९ बजे सुरु भएको छ । भुटानविरुद्धको खेल नेपालको लागि पहिलो घरेलु टी–ट्वान्टी अन्तराष्ट्रिय खेल हुनेछ ।

भुटानविरुद्ध मैदान उत्रँदा नेपाल सहज जितको खोजीमा हुनेछ । कमजोर प्रतिद्वन्दी भुटानविरुद्ध अंक जोड्दै नेपाल फाइनल पुग्ने आशा जिवित राख्न चाहन्छ । यस्तै माल्दिभ्स र श्रीलंका यू–२३ बीच दिउँसो १ बजे पछि प्रतिस्पर्धा हुनेछ । दुई खेलमा दुई जित हात पारेको श्रीलंका फाइनल प्रवेश पक्का गर्न माल्दिभ्समाथि जित निकाल्न चाहान्छ ।

अंक तालिकामा श्रीलंका ४ अंक सहित शीर्ष स्थानमा रहेको छ भने माल्दिभ्स पुछारबाट दोस्रो स्थानमा छ । एक खेलमा एक हार ब्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेलमा समान नतिजा निकालेको भुटान तालिकाको पुछारमा छ ।