काठमाडौं । नेपालमा विद्युतीय सवारीप्रति आकर्षणलाई लक्षित गर्दै टाटा मोटर्सले ‘स्विच टु टियागो ईभी’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ ।
नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार उक्त योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टियागो ईभी खरीद गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यो अभियान यही मार्च १३, १४ र १५ (फागुन २९, ३० र चैत १ ) मा देशभर सञ्चालन हुनेछ । योजनाअन्तर्गत जुनसुकै ब्रान्डका बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो पुरानो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गरी टियागो ईभी खरीद गर्न पाउनेछन् ।
अफरअन्तर्गत ग्राहकले ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो ईभी घर लैजान सक्नेछन् । साथै पुराना दुईपाङ्ग्रे सवारीको उचित मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज र एक वर्षको सवारी कर छुट जस्ता सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी ग्राहकले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ तथा निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा पनि पाउने जनाइएको छ ।
सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना उपयोगी हुने कम्पनीको विश्वास छ । इच्छुक ग्राहकले देशभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा पुगेर उक्त अवधिमा योजनाको लाभ लिन सक्नेछन् ।











