१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीमा घर्ती मगरले दिलाईन उसुमा नेपाललाई थप एक स्वर्ण



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले स्वर्ण पदक जितेको छ । नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् नीमा घर्तीमगरले । उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् । यससँगै नेपालले १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ३० पुगाएको छ । खेलमा नेपाललाई स्वर्ण मिल्दा बंगलादेशलाई दोस्रो र श्रीलंकाको खेलाडी तेस्रो पदक मिलेको छ ।

विश्वबुद्ध मगर र मीनाले घलानले जिते रजत: सागअन्तर्गत आज (बिहीबार) बिहान उसुको प्रतिस्पर्धामा नेपालले रजत पदक पनि जितेको छ । उसुको ताउसु कुन्सु अलराउन्डमा नेपाली खेलाडी विश्वबुद्ध मगरले रजत पदक जितेका हुन् । यसैगरी उसुको ताइती छ्वाङमा नेपालकी मीनाले घलानले रजत पदक जितेकी छन् ।