२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली रङ्गशालाको काम छिटो टुङ्ग्याउन मुख्यमन्त्रीको निर्देशन



अ+ अ-

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम छिटो टुङ्ग्याउन निर्देशन दिनुभएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आज सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले रङ्गशालाको काम सम्पन्न गरी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा लाग्न निर्माण व्यवसायीका साथै परिषद्का पदाधिकारीलाई निर्देशन दिनुभएको हो । रङ्गशालाको काम टुङ्ग्याउन बजेटसमेत विनियोजन भइसकेको बताउँदै उहाँले बाँकी काममा ढिला गर्न नहुने जनाउनुभयो ।

रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी तथा सरोकारवाला पक्षलाई सक्रिय हुन उहाँले आग्रह गर्दै उहाँले भन्नुभयो, “अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन । सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ ।”

परिषद् बैठकबाट अनुमोदन गरेर मात्र कार्यक्रम कार्यान्वयनमा लैजान निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले कुन खेल कहाँ सञ्चालन गर्ने भन्ने विषय चालु र आगामी वर्षका लागि स्पष्ट रूपमा निर्धारण गरी सोहीअनुसार बजेट व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो ।

बैठकमा परिषद्का पदाधिकारीहरूले निर्माणाधीन रङ्गशालाको वर्तमान प्रगति, देखिएका चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । रासस




भर्खरै