६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन



अ+ अ-

लुम्बिनी । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको आज स्थलगत अवलोकन गर्नुभएको छ ।

राष्ट्रिय गौरवको आयोजनका रूपमा अघि बढाइएको निर्माणाधीन उक्त राजमार्गको उहाँले चितवनबाट स्थलमार्ग हुँदै नवलपरासीका विभिन्न क्षेत्रमा अवलोकन गर्नुका साथै निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिनुभएको छ ।

गृहमन्त्री गुरुङ निर्माणाधीन राजमार्गको अवस्थाका जानकारी लिएर स्थलमार्ग हुँदै आज रुपन्देही आइपुग्नुभएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ पाध्याले जानकारी दिनुभयो । उहाँका अनुसार गृहमन्त्री आजै भैरहवाबाट काठमाडौँ फर्कनुभएको छ ।

त्यस्तै गृहमन्त्री गुरुङले आजै निर्माणाधीन बुटवल-गोरुसिङ्गे सडकको विषयमा जानकारी लिनुभएको छ । राष्ट्रिय गौरवको आयोजनका रूपमा अघि बढाइएको उक्त आयोजनाका लागि आवश्यक नदीजन्य सामाग्रीको अभावले निर्माणले गतिलिन नसकेको बारेमा आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले गृहमन्त्रीलाई जानकारी दिनुभयो ।

साथै गृहमन्त्री गुरुङले आज निर्माण कम्पनीका प्रतिनिधिसहित बुटवलको तिनाउ नदीको मगरघाट क्षेत्रको अवलोकन गर्नुभएको आयोजना प्रमुख न्यौपानेले जानकारी दिनुभयो । सो क्षेत्र तिनाउ नदीबाट नदीजन्य पदार्थ निकाल्न मिल्ने स्थानका रूपमा मानिएको उहाँको भनाइ छ ।

आयोजना प्रमुख न्यौपानेले निर्माण व्यवसायी र आयोजना कार्यालयका तर्फबाट नदीजन्य पदार्थको अभाव हुँदा काम प्रभावित भएको विषयमा गृहमन्त्री गुरुङलाई जानकारी गराइएकाले समस्या समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय गौरवको आयोजना बुटवल-गोरुसिङ्गे सडक विस्तार आयोजनाका लागि आवश्यक माटो, भष्कट र नदीजन्य सामग्रीको अभावका कारण पुल, कल्भर्ट र नालीबाहेकका अधिकांश काम ठप्पजस्तै भएका छन् । उहाँका अनुसार नदीजन्य पदार्थको अभावले प्रभावित बनेको क्षेत्रअन्तर्गत बुटवलको पाखापानबाट रुपन्देहीको कोठीनदीसम्म पर्दछ ।

“बुटवलको पाखापानबाट कोठीनदीसम्मको क्षेत्रका अधिकांश ठाउँमा लाखौँ घनमिटर माटो, भस्कट र नदीजन्य सामग्री आवश्यक पर्दछ । यस आयोजनाका लागि अझै माटो तथा भष्कट आठ लाख १० हजार घनमिटर र नदीजन्य पदार्थ करिब सात लाख ४९ हजार घनमिटर आवश्यक पर्दछ”, आयोजना प्रमुख न्यौपानेले भन्नुभयो ।  रासस




भर्खरै