६ श्रावण २०८३, बुधबार
,
Latest
डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री गुरुङसँग ४ करोड ३१ लाखको सेयर, ८९ तोला सुन



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा कुल ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको लगानी रहेको देखिएको छ।

गृहमन्त्री गुरुङसँग कुल ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको शेयर रहेको छ। जसमध्ये धितोपत्र बजारमा कारोबार हुने विभिन्न कम्पनीहरूमा मात्रै उनको २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ लगानी रहेको छ।

बैंक मौज्दाततर्फ लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार र नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ जम्मा रहेको विवरणमा उल्लेख छ।

जग्गाजमिनको हकमा गृहमन्त्रीको आफ्नै नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ।

यस्तै, उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा र बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी विशाल भूभाग रहेको देखिएको छ।

सार्वजनिक गरिएको उनको सम्पत्ति विवरण अनुसार उनीसँग उल्लेख्य मात्रामा बहुमूल्य धातु समेत रहेको छ। उनले आफ्नो पैतृक सम्पत्तिका रूपमा ८९ तोला सुन र ६ किलो चाँदी रहेको विवरण सरकारलाई बुझाएका छन्।