२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटः बागमती प्रदेश विजयी



अ+ अ-

पर्सा। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशलाई हराउँदै बागमती प्रदेश विजयी भएको छ ।

आज वीरगन्जको नारायणी रङ्गशालामा भएको खेलमा बागमतीले मधेस प्रदेशलाई ३५ रनले हराएको हो । सुरुआती ब्याटिङ गरेको बागमतीले ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय आठ रन जोडेको थियो । बागमतीका उत्तम मगरले ७५ बल खेल्दै ४४ रन जोडेका थिए भने सन्दीप लामिछानेले पनि ३४ बलमा ३६ रन जोडेका थिए ।

मधेस प्रदेशका पवन सर्राफले तीन विकेट र रञ्जित कुमारले दुई विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको मधेसले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ७३ रनमा समेटिएको थियो । मधेसका मयन यादवले ५० बलमा ४० रन जोडेका थिए भने मोहम्मद आदिल आलमले २० बलमा २७ रन जोडेका थिए ।

बागमतीका प्रतिश जिसीले पाँच विकेट र रिजन ढकालले समान दुई विकेट लिएका थिए । बागमतीका जिसी आजको खेलमा प्लेयर अफ दी म्याच घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार पाएका छन् ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । रासस