२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइफोन ११ र ११ प्रोको बिक्री सुरु, यस्तो छ मुल्यहरु…



अ+ अ-

काठमाडौं । आधिकारिक रूपमा आइफोन ११ र ११ प्रोको बिक्री सुरु भएको छ । एप्पलका लागि नेपालको आधिकारिक विक्रेता जेन नेक्स्ट प्रालिले नेपालमा नयाँ आइफोन ११ का तीन फरक भेरियन्ट आएको जानकारी दिएको छ । जसमा ६४ जीबीको मूल्य १ लाख १० हजार ५ सय रुपैयाँ , १२८ जीबीको १ लाख १८ हजार ३ सय रुपैयाँ र २५६ जीबीको १ लाख ३४ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

त्यस्तै, ११ प्रो ६४, २५६ र ५१२ जीबी भेरियन्टमा आएको छ । जसको मूल्य क्रमशः १ लाख ५७ हजार २ सय ५० रुपैयाँ, १ लाख ८० हजार ९ सय रुपैयाँ र २ लाख ११ हजार ८ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आइफोन ११ प्रो म्याक्स ६४, २५६ र ५१२ जीबी भेरियन्टमा उपलब्ध छ ।