४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कार्की आयोगको ९०० पृष्ठ लामो ‘गोप्य’ प्रतिवेदनको तरंग

कार्की आयोगको ९०० पृष्ठ लामो ‘गोप्य’ प्रतिवेदनको तरंग
फाईल फोटो
अ+ अ-

काठमाडौं ।  गत भदौमा भएको जेनजी आन्दोलनको छानबीन गर्न गठन भएको पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदनले आज काठमाडौँमा एक प्रकारको तरंग पैदा गरिदिएको छ । हुनत सरकारी परिभाषामा सो प्रतिवेदन गोप्य नै छ, तर आज त्यो सबै छताछुल्ला भइसकेको छ ।

त्यो कसले दियो या कसरी सार्वजनिक भयो भन्ने प्रश्नको उत्तर खोज्नुभन्दा पनि जनआस्था साप्ताहिकको अनलाइन संस्करण मार्फत् सार्वजनिक भएको सो प्रतिवेदनको सक्कल हेर्दा त्यसमा धेरै जटिलताहरु देखिएको छ ।

यो पनि पढ्नुहोस- गौरी बहादुर कार्की आयोगको प्रतिवेदनमा के छ ? (पूर्ण पाठ)

पहिलो कुरा त सरकारले औपचारिक रुपमै सो प्रतिवेदन किन सार्वजनिक गर्न चाहेन भन्ने विषय यसै पनि संकास्पद नै छ भने अर्कातर्फ त्यसमा समेटिएका कतिपय प्रावधानहरु तथा सार्वजनिक ओहदामा रहेका व्यक्तिहरुप्रति लगाइएको दोषारोपण र कारबाहीका लागि गरिएका सिफारिशहरुले समाजमा दण्डहिनतालाई निर्मूल गर्ने भन्दा पनि प्रतिषोध र रिसइबी साँध्नका लागि तयार पारिएको जस्तो देखिएको छ ।

यो पनि पढ्नुहोस- नैतिकताको कसीमा गौरीबहादुर, आयोगको विश्वसनियतामाथि नै प्रश्न !

जस्तो कि आन्दोलन दबाउनका लागि बल प्रयोग भएको विषयको दोषी फिल्डमा खटेको प्रहरी हुने कि प्रहरीको हाकिम भन्ने कुराको अस्पष्टता पहिलो पटक यो प्रतिवेदनले सिर्जना गरिदिएको छ । जस्तो कि कतिपय अवस्थामा यस्तो घटनाको दोषारोपण राजनीतिक नेतृत्वलाई पनि लगाउने गरिएको पाइन्छ ।

तर, कसरी लगाउने त्यस्तो घटनाको आरोप भन्ने प्रश्न पनि यहाँ उठ्न सक्छ । प्रहरीले गोली चलाएको विषयको नैतिक जिम्मेवारी लिने कि भौतिक कारबाही अर्थात् फौजदारी अभियोग लगाएर त्यस बमोजिमको कारबाही गर्ने भन्ने विषयको नयाँ बहस पनि यो प्रतिवेदनले अब सतहमा ल्याइदिएको छ ।

यस्ता प्रकारका आन्दोलनहरुमा भएको क्षतिको बारेमा पनि कोही जिम्मेवार हुने कि नहुने भन्ने फेरि अर्काे प्रश्न छँदैछ । जस्तो कि भदौ २३ गतेको मानवीय क्षतिका लागि त तत्कालीन सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री एवं गृहमन्त्री तथा प्रहरी महानिरीक्षकलाई लगाउन सकिएला । तर त्यसको भोलिपल्ट अर्थात् भदौ २४ गते मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदबार र त्यहाँ रहेका महत्वपूर्ण मन्त्रालय एवं संरचनाहरु, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय आदि संरचनाको क्षतिमा कोही दोषी हुनपर्ने कि नपर्ने ? ९०० पृष्ठभन्दा केही लामो सो प्रतिवेदन पढ्दा यसले पनि ती प्रश्नहरु खडागरिदिएको छ ।

त्यस्तै अर्काे एक समाचार अनुसार कार्की आयोगले निर्वाचन अघि र त्यसपछिको प्रतिवेदन नै फरक फरक बनाएको भन्ने पनि समाचार स्रोतहरु बताउँछन् । अघिल्लो प्रतिवेदनमा २४ गतेको क्षतिका लागि पनि दोषी ठहराइएको थियो र त्यस समय प्राप्त भएका भिडियो, फोटोहरु आदिको प्रमाणका आधारमा कतिपय व्यक्तिलाई दोषी किटान नै गरिएको थियो ।

तर पछि निर्वाचन सकिएपछिको अवस्थामा भने ती दोषी किटान गरिएका व्यक्तिहरुको नामै हटाइएको बताइएको छ । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक परशुराम खापुङलाई फौजदारी अभियोगमा १० बर्ष जेल हाल्न सिफारिश गरिएको देखिएको छ ।

फेरि अर्काे एउटा समस्या र दुविधा कहाँनेर देखिन्छ भने यो कार्की आयोग भनेको नेपाल सरकारले मात्र चिनेको आयोग हो भने राष्ट्रिय मानवअधिकार आयोग फेरि विश्व समुदायले नै चिनेको निकाय हो । त्यो निकायले स्वतन्त्र रुपमा तयार पारेको प्रतिवेदनमा नेपाली सेनाका प्रधानसेनापति सहितका राष्ट्रिय सुरक्षा परिषदका सदस्यहरुलाई नै दोषी देखाइएको छ ।

सो परिषदका सदस्यले राष्ट्रिय सुरक्षा संवेदनशीलता बुझेर काम गर्न नसकेकाले त्यति ठूलो दुर्घटना हुन पुगेको भनेर प्रतिवेदन तयार पारेको कुरा पनि केही मिडिया मार्फत सार्वजनिक भएको छ । त्यसैले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन हुँदा यो मानवअधिकार आयोगको हुने कि नहुने भन्ने पनि प्रश्न उठेको छ, जुन जायज प्रश्न पनि हुन जान्छ ।

त्यसैले कतै यो प्रतिवेदनको सिफारिश अनुसारका कारबाही हुँदा सामाजिक सद्भाव त भड्किँदैन ? कतै यसप्रकारका प्रतिषोधपूर्ण कामकारबाहीले सुरक्षा अंगहरुभित्रको सुरक्षा सामाञ्जस्यता त खल्बलिँदैन ? आयोगको प्रतिवेदनमा टेकेर बदला लिने काम हुँदा कतै यसले दुई तिहाई बहुमतको सरकारले गर्नुपर्ने देश विकास र जनताका जनजिवीकाका सवालहरुको महत्वपूर्ण कामहरुलाई छायाँमा त पार्दैन ? यस्ता अवस्था र प्रश्नहरुलाई मनन् गरेर आगामी सरकार अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।