१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश वर्षसम्म पीडितलाई न्याय न क्षतिपूर्ति



अ+ अ-

बर्दिया । दश वर्षअघि बर्दिया राष्ट्रिय निकुञ्जको सीमा क्षेत्र बाँसपानीमा नेपाली सेनाले गोली चलाउँदा सुर्खेत हरिहरपुर कप्सेराका तीन महिलाको घटनास्थलमै ज्यान गयो । विसं २०६६ फागुन २६ गते निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले गोली चलाउँदा ३५ वर्षीय देवीसरा सुनार, १३ वर्षीय चन्द्रकला र २९ वर्षीय अमृता सुनारको ज्यान गएको थियो । देवीसरा र चन्द्रकला आमाछोरी हुन् ।

पीडित परिवारले न्याय पाउनुको साटो १० वर्षसम्म उल्टै घटना ओझेलमा पारिएको गुनासो गरेका छन् । “घटनापछि विभिन्न आयोग र छानबिन समिति पनि बने, ती सबैको निष्कर्ष पीडितलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाही गर्नु भन्ने नै थियो”, मृतक अमृताका पति रत्नबहादुरले भन्नुभयो, “उल्टै घटना सामसुम पारियो, दोषीलाई कारवाही त के क्षतिपूर्तिसमेत पाउन सकिएन ।” न्याय र उचित क्षतिपूर्तिको आशामा पीडित परिवारका सदस्य वीरेन्द्रनगर आइपुगेका छन् ।

देवीसराकी छोरी शान्तिले सबैतिरबाट कारवाहीको सिफारिश हुँदासमेत सरकारले दोषी सैनिक कर्मचारीलाई कारवाही गर्न नसकेको बताउनुभयो । शान्तिको आरोप छ, “सेना र वनरक्षकको टोलीले घेरा हालेर नियन्त्रणमा लिई हत्या गरेको हो, आफ्नै वनमा काउलो टिप्न जाँदा सेनाको गोली खानुप¥यो ।” हालसम्म मृतकका परिवारले रु तीन लाख मात्र पाएको बताएका छन् ।

“हाम्रो आम्दानीको मुख्य स्रोत काउलो थियो, त्यही काउलो लिन गएकी श्रीमती गुमाएँ”, रत्नबहादुरले भन्नुभयो, “राज्यबाटै पीडित भयौँ, अहिले बालबालिकाको बिचल्ली छ, न दोषीलाई कारवाही भयो न क्षतिपूर्ति पाइयो ।” घटनापछि तत्कालीन सरकार, नेपाली सेना र निकुञ्ज कार्यालयले पीडित परिवारलाई रु। १० लाख क्षतिपूर्ति तथा दोषी सैनिकलाई कारवाही गर्ने आश्वासन दिएको थियो । पीडित परिवारले सहमतिअनुसार क्षतिपूर्ति र दोषीलाई कारवाही हुनुपर्ने मागसहित पुनः दबाब बढाएका छन् । घटनापछि निकुञ्ज कार्यालयले किरिया खर्च उपलब्ध गराएको थियो ।

उक्त क्षेत्रका कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टले पीडित परिवारका सदस्यले चासो नदिएकाले समयमै राहत तथा क्षतिपूर्ति दिलाउन पहल नभएको बताउनुभयो । उहाँले त्यतिबेलाको सहमतिका आधारमा क्षतिपूर्ति दिलाउन गृह मन्त्रालयसमक्ष पहल गरिसकेको जानकारी दिँदै भन्नुभयो, “फाइल पेश भइसकेको छ, यो विषयमा मैले पटक–पटक गृहमा पुगेर दबाब पनि दिएको छु ।”

के भएको थियो बासँपानीमा ?

विसं २०६६ फागुन २६ गते बाँसपानी कालिकास्थानमा गाउँलेहरु जङ्गलमै बास बसेका थिए । बर्दिया राष्ट्रिय निकुञ्जका चार वनरक्षक र निकुञ्जको सुरक्षार्थ खटिएका ज्वाला दल गणका सहसेनानी सुबोध कुँवरको नेतृत्वमा पुगेको १७ जनाको टोलीले गाउँले सुत्ने तयारी गरिरहेका बेला हवाई फायरिङ ग¥यो । पुरुषहरु भाग्न सफल भए भने महिलाहरु ओढारमा लुकेका थिए । लुकेकै अवस्थामा सेनाले गोली प्रहार गर्दा तत्कालीन हरिहरपुर गाविस–२ कप्सेराका तीनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि सरकारले विसं २०६६ चैत ४ गते सहन्यायाधिवक्ता सरोजप्रसाद गौतमको संयोजकत्वमा वन तथा भू–संरक्षण र रक्षा मन्त्रालयका प्रतिनिधि सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, इन्सेकलगायतले घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै दोषी सैनिक कर्मचारीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । तत्कालीन व्यवस्थापिका संसद्अन्तर्गतको महिला तथा बालबालिका समितिले पनि सर्वसाधारण हत्या घटनामा संलग्न सहसेनानी सुबोध कुँवरसहित १७ जनालाई कारवाहीका लागि सरकारलाई निर्देशन दिएको थियो ।