९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण
अ अ+ अ-

काठमाडाैँ ।  यहाँस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित भएका छन् । स्थानीय तहबाट आवश्यक आर्थिक, प्राविधिक तथा सामग्री सहयोग प्राप्त हुन थालेपछि परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई विस्तार गर्दै किसान व्यावसायिक कृषि प्रणालीमा उन्मुख भएका हुन् ।

यहाँका किसानले हाल सुन्तला, एभोकाडो, कागती, जुनारलगायत फलफूलको व्यावसायिक खेती सुरु गरेका छन् । केही किसानले मिश्रित खेती प्रणाली अपनाउँदै फलफूलसँगै मौसमी तरकारी उत्पादनसमेत गर्दै आएका छन् । अनुकूल हावापानी, उर्वर माटो र उपयुक्त भूगोलका कारण भुल्के क्षेत्र फलफूलखेतीका लागि सम्भावनायुक्त मानिएको छ ।

स्थानीय कृषक सीता खड्काका अनुसार वडा र गाउँपालिकाबाट प्राप्त सहयोगले खेतीप्रति उत्साह बढाएको छ । “पहिले सामान्य किसिमले खेती गथ्र्यौैैँ, उत्पादन पनि सीमित हुन्थ्यो”, उनले भनिन्, “अहिले बिरुवा, मल, तालिम र प्राविधिक सल्लाह पाएपछि व्यावसायिक रूपमा खेती गर्न आत्मविश्वास बढेको छ ।” उनका अनुसार व्यावसायिक खेतीबाट आम्दानी बढ्ने अपेक्षा गरिएको छ, जसले परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

वडा कार्यालयका अनुसार कृषिलाई आयआर्जनको दिगो माध्यम बनाउने लक्ष्यसहित योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिएको छ । किसानको माग र व्यावसायिक योजनाका आधारमा विभिन्न जातका फलफूलका बिरुवा, मल, बीउबिजन वितरण गरिँदै आएको छ । साथै प्राविधिक जनशक्तिमार्फत बाली व्यवस्थापन, रोग नियन्त्रण र आधुनिक खेती प्रविधिबारे तालिमसमेत प्रदान गरिँदै आएको जनाइएको छ ।

भूगोल र माटो सुहाउँदो खेती प्रणालीमा विशेष जोड दिइएको वडाध्यक्ष रामु थापामगरले बताए। “हामीले यहाँको हावापानीअनुसार उपयुक्त बाली छनोट गर्न किसानलाई प्रेरित गरेका छौँ”, उनले भने, “व्यावसायिक कृषिमार्फत किसानलाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।”

फलफूल तथा तरकारीखेतीलाई प्रोत्साहन गर्न ‘एक घर–एक टनेल’ कार्यक्रम अघि बढाइएको छ भने सिँचाइ सुविधा विस्तारका लागि सिँचाइ पोखरी निर्माणको कामसमेत भइरहेको छ । उत्पादन वृद्धि भएसँगै बजारीकरणमा समस्या नआओस् भनेर बजार व्यवस्थापनका विषयमा पनि योजना बनाइएको वडाले जनाएको छ । उत्पादन हुने अवस्थामा सङ्कलन केन्द्र स्थापना र ढुवानी व्यवस्थापनमा सहयोग गर्ने तयारी रहेको बताइएको छ ।

स्थानीय सरकारको पहल, प्राविधिक सहयोग र किसानको मेहेनतले भुल्के क्षेत्रलाई फलफूल उत्पादनको उदीयमान केन्द्रका रूपमा विकास गर्ने सम्भावना देखिएको छ । व्यावसायिक खेती विस्तारसँगै रोजगारी सृजना, आयवृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढ हुने स्थानीय जानकारहरूको भनाइ छ ।