९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

प्रतिनिधिसभा सदस्य निर्वाचनः काठमाडौँमै आठ हजार १९७ मत बदर

प्रतिनिधिसभा सदस्य निर्वाचनः काठमाडौँमै आठ हजार १९७ मत बदर
अ अ+ अ-

काठमाडौँ।  यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौँमा आठ हजार १९७ मत बदर भएको छ ।

जिल्ला निर्वाचन कार्यालय, काठमाडौँका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौँ क्षेत्र नं १० मा एक हजार २२६ मत बदर भएको छ । सो क्षेत्रमा ८३ हजार ३०१ मतदाता छन् । साठी हजार ४४१ तत खसेकामा त्यसमध्येमा ५९ हजार २१५ मत सदर भएको थियो ।

निर्वाचन क्षेत्र नं ९ मा ९३३ मत बदर भएको छ । कूल ७८ हजार ४९५ मतदाता रहेको यस क्षेत्रमा ५२ हजार ७४० मत खसेको थियो । सो क्षेत्रमा ५१ हजार ८०७ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं ८ मा ६२३ मत बदर भएको छ । त्यहाँ कूल मतदाता ५७ हजार ८११ छन् । सड्तीस हजार ७९४ मत खसेकामा ३७ हजार १७१ मत सदर भएको थियो ।

निर्वाचन क्षेत्र नं ७ मा ८०५ मत बदर भएको छ । ६८ हजार ६८५ कूल मतदाता रहेको क्षेत्रमा ४४ हजार ८५७ मत खसेको थियो । यस क्षेत्रमा ४४ हजार ०५२ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं ६ मा ८११ मत बदर भएको छ । ६७ हजार ७५९ कूल मतदाता रहेको यस क्षेत्रमा ४५ हजार २४८ मत खसेको थियो । यहाँ ४४ हजार ४३७ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।

निर्वाचन क्षेत्र नं ५ मा ९०२ मत बदर भएको छ । कूल ७८ हजार ११४ मतदाता रहेको यस क्षेत्रमा ५१ हजार ९६९ मत खसेको थियो । ५१ हजार ०६७ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं ४ मा ८६२ मत बदर भएको छ । कूल ७६ हजार २५१ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ९६३ मत खसेको थियो । खसेकोमध्येमा ५० हजार १०१ मत सदर भएको जनाइएको छ ।

निर्वाचन क्षेत्र नं ३ मा ९४० मत बदर भएको छ । ६४ हजार ४७९ कूल मतदाता रहेको यस क्षेत्रमा ४४ हजार १९० मत खसेको थियो । खसेकोमध्ये ४३ हजार २५० मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं २ मा एक हजार ०९५ मत बदर भएको छ । कूल ८८ हजार ७०८ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार ४४१ मत खसेको थियो ।

खसेकोमध्ये ५८ हजार ३४६ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं १ मा ४३४ मत बदर भएको छ । कूल मतदाता ५५ हजार २९२ रहेको यस क्षेत्रमा ३२ हजार ३१४ मत खसेको थियो । जसमध्ये ३१ हजार ८८० मत सदर भएको थियो ।

देशभर कति मत बदर भयो भन्ने मङ्गलबार सबै मतगणना सकिएपछि भन्न सकिने आयोगले जनाएको छ । अहिलेसम्मको विवरणअनुसार तीनदेखि चार प्रतिशत मत बदर भएको अनुमान गरिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो ।

आज बेलुकीसम्म समानुपातिक प्रणालीतर्फको ९५ लाख २३ हजार मतगणना सकिएको पनि उहाँले सुनाउनुभयो । रासस