९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

 सुनसरीमा आधा उम्मेदवारले १०० मत पनि कटाउन सकेनन्, ५५ जना न्यून मतमै सीमित

 सुनसरीमा आधा उम्मेदवारले १०० मत पनि कटाउन सकेनन्, ५५ जना न्यून मतमै सीमित
अ अ+ अ-

काठमाडाैँ । सुनसरीबाट सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ठूलो सङ्ख्यामा उम्मेदवारले अत्यन्त न्यून मत प्राप्त गरेको तथ्य बाहिर आएको छ। जिल्लाका चार निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका झण्डै आधा उम्मेदवारले १०० मतसमेत कटाउन नसकेको देखिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरीका चार निर्वाचन क्षेत्रमा कुल ११० जना उम्मेदवार चुनावी मैदानमा थिए। तीमध्ये ३८ जना स्वतन्त्र उम्मेदवार थिए भने ७२ जना विभिन्न राजनीतिक दलका उम्मेदवार थिए। समग्रमा ५५ जना उम्मेदवारले १०० मत पनि कटाउन नसकेको विवरण सार्वजनिक भएको छ।

सुनसरी निर्वाचन क्षेत्र नं–१ मा १५ जना उम्मेदवारले १०० भन्दा कम मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का दिलबहादुर बास्तोलाले ९४ मत, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार लिम्बूले ८३ मत, नेपाली जनश्रमदान संस्कृति पार्टीका राजकुमार लिम्बूले ८३ मत तथा नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठले ६३ मत प्राप्त गरेका छन्। त्यसैगरी जनता समाजवादी पार्टी, नेपालका सञ्जय राईले ५३ मत, आम जनता पार्टीका रामबहादुर बिष्टले ५२ मत र मङ्गोल नेसनल अर्गनाइजेसनका राजेन्द्र गुरुङले ४६ मत पाएका छन्। नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बूले २७ मत तथा मितेरी पार्टी नेपालका रक्षकुमार राईले १७ मत प्राप्त गरेका छन्।

यसै क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूमध्ये देउमान लिम्बूले ७४, सुमित राईले ६९, जीवनकला राईले ३७, शेषप्रसाद रेग्मीले १७ र चेतबहादुर राईले १७ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार ओमकृष्ण उदासले भने सबैभन्दा कम नौ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै, यस क्षेत्रमा एक हजारभन्दा कम मत ल्याउने उम्मेदवारहरू पनि उल्लेख्य रहेका छन्। उज्यालो नेपाल पार्टीका डम्बर लावतीले ५९० मत, जनता समाजवादी पार्टीका नगेन्द्रबहादुर लिम्बूले २०२ मत, राष्ट्रिय साझा पार्टीका भूपि राईले १९१ मत, संयुक्त नागरिक पार्टीका नरेश विकले १२५ मत तथा स्वतन्त्र उम्मेदवार सुवास विश्वकर्माले १०७ मत प्राप्त गरेका छन्।

सुनसरी–२ मा भने ११ जना उम्मेदवार ५० मतभन्दा कममा सीमित भएका छन्। स्वतन्त्र उम्मेदवार रोशनी राईले दुई मत, भीमबहादुर दाहालले छ मत, नवराज पौडेलले ४५ मत, नेपाल कम्युनिष्ट पार्टीका अतित नेपालले ३१ मत तथा आम जनता पार्टी (एकल चुनाव चिह्न)का निरञ्जन ठाकुरले २८ मत प्राप्त गरेका छन्।

त्यसैगरी स्वतन्त्र उम्मेदवार देवेन्द्र पौडेलले २०, अन्जनादेवी गुप्ताले १८, राजकुमार खत्रीले १४, सत्यनारायण पण्डितले १० र डम्बरबहादुर बराइलीले छ मत पाएका छन्। नेपाल मजदुर किसान पार्टीकी गीतामैयाँ बजिकोले १४ मत प्राप्त गरेकी छन्।

सुनसरी–३ मा १० जना उम्मेदवारले १०० भन्दा कम मत प्राप्त गरेका छन् भने ६ जनाले ५०० भन्दा कम मत प्राप्त गरेका छन्। जनमत पार्टीका रामनारायण थारूले ३८९ मत, उज्यालो नेपाल पार्टीका जागेश्वर यादवले २८६ मत, समावेशी समाजवादी पार्टी नेपालका किशोरकुमार विश्वासले २२५ मत, जनता समाजवादी पार्टी, नेपालका बद्रीप्रसाद यादवले १७७ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का आसुतोष ढुङ्गेलले १४० मत तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रमोद पौड्यालले ११९ मत पाएका छन्।

सुनसरी–४ मा सबैभन्दा धेरै उम्मेदवारले न्यून मत प्राप्त गरेका छन्। यहाँ १८ जना उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन्। आम जनता पार्टीका तवरेज आलम अन्सारीले ८७ मत, मङ्गोल नेसनल अर्गनाइजेसनका मनकुमार राईले ७४ मत तथा नेपाल जनता पार्टीका रमेशकुमार साहले ६३ मत प्राप्त गरेका छन्।

यसैगरी स्वतन्त्र उम्मेदवार अङ्कित कार्कीले ४९, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का सत्यनारायण लहुटियाले ३९, स्वतन्त्र तेजनारायण गोइतले ३४, कुन्दन कौसिकले ३३ र मो. सदिक मियाँले २९ मत प्राप्त गरेका छन्।

त्यस्तै उपेन्द्रकुमार साहले २५, देवनारायण महतोले १६, शर्मानन्द खतिवडाले १६, महेन्द्र सुनचौरीले १४, जलाल मियाँले १३, नेपाल मजदुर किसान पार्टीकी चन्चला न्हिसुतुले १२, स्वतन्त्र पार्वती मुखियाले १२, यमुना केसीले ११ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार फुलकुमारी खान र बुधेश्वर यादवले भने चार–चार मत मात्रै प्राप्त गरेका छन्।

यस परिणामले सुनसरीका विभिन्न निर्वाचन क्षेत्रमा ठूलो सङ्ख्यामा उम्मेदवार चुनावी मैदानमा भए पनि धेरैले मतदाताबाट अत्यन्त सीमित समर्थन मात्र पाएको देखाएको छ।