२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीहरूको तालाबन्दीमा एन्फाको ध्यानाकर्षण



अ+ अ-

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीहरूले गरेको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै सातदोबाटोस्थित एन्फा केन्द्रीय कार्यालयमा भएको तालाबन्दीका कारण प्रशासनिक कामकाज प्रभावित भएको भन्दै तत्काल तालाबन्दी खोल्न सम्बन्धित पक्षलाई आह्वान गरेको छ ।

नेपाल फुटबल खेलाडी सङ्घले विभिन्न माग राखी आइतबार तालाबन्दी गरेको थियो । सङ्घका अनुसार केही खेलाडीहरूले तलब, भत्ता, पुरस्कार रकम, प्रतियोगिता तथा खेलाडी कल्याण कोषसम्बन्धी माग राख्दै तालाबन्दी गरेका हुन् ।

एन्फाले भने खेलाडीहरूको माग सम्बन्धित नियम तथा प्रक्रियाअनुसार समाधान गर्ने प्रयास भइरहेको बताएको छ । विज्ञप्तिमा ए डिभिजन क्लबका खेलाडीहरू राष्ट्रिय टोलीमा सहभागी हुँदा पाउने भत्ता र सेवा–सुविधासम्बन्धी व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको जनाइएको छ ।

एन्फाले पुरस्कार रकम तथा अन्य भुक्तानी नियमअनुसार क्रमशः उपलब्ध गराइने बताउँदै तालाबन्दीका कारण फुटबल गतिविधिमा नकारात्मक प्रभाव पर्नसक्ने भएकाले सम्बन्धित पक्षलाई संवादमार्फत समस्या समाधान गर्न आग्रहसमेत गरेको छ ।