५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा ५ मा १ लाख ६ हजार मत खस्यो



अ+ अ-

झापा: देशभर करिब ६० प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले बताइरहेको बेला झापाको क्षेत्र नं. ५ मा भने ६५ प्रतिशत मतदान भएको छ ।

निर्वाचन कार्यालय झापाका अनुसार झापा ५ मा १ लाख ६ हजार ३७२ ले मतदान गरेका छन् । जसमा पुरुषको संख्या ४९ हजार ४०० छ भने महिलाको संख्या ५६ हजार ९७२ रहेको छ ।

यस क्षेत्रमा एक लाख ६३ हजार ३७९ मतदाता रहेका छन् ।

यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ट नेता बालेन शाह उम्मेदवार रहेका कारण देश विदेशमै चर्चाको शिखरमा छ । यहाँ मतपेटिका संकलन गरेपछि आजै रातिदेखि मतगणना गर्ने गरी तयारी भएको छ ।