९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछाप र मुस्ताङमा दुर्घटना हुँदा निर्वाचनमा खटिएका ३ कर्मचारीको मृत्यु



अ+ अ-

काठमाडौँ: निर्वाचनमा खटिएका कर्मचारी लैजाने क्रममा आज मुस्ताङ र रामेछापमा भएका सवारी दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ । आज प्राप्त समाचार अनुसार मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ ।

थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको मृत्यु भएको हो । आइतबार राति ८ बजे दुर्घटनामा परेर गम्भीर भएका घतानेको उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिइन् ।

उता रामेछापमा भएको गाडी दुर्घटनामा परेर दुई जना कर्मचारीको निधन भएको छ । निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक रामेछापमा दुर्घटनामा पर्दा एकजना मतदान अधिकृत डोरप्रसाद घिमिरे र अर्का एकजना नेपाल प्रहरीका असइ आरपी यादवको ज्यान गएको छ । घिमिरे रामेछाप नगरपालिका –२ साँघुटार वडा कार्यालय भवन ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत थिए र उनी मन्थली नगरपालिका –७ स्थित रुद्राक्षेश्वर माध्यमिक विद्यालयका शिक्षकसमेत रहेको खुलेको छ ।

सोमबार अपरान्ह निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको निशान ट्रक रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको सिरुवारी भिरबाट खसेको थियो । दुर्घटनामा घाइते भएका ६ जनाको मन्थली अस्पतालमा उपचार पछि काठमाडौँ ल्याइएको छ ।

रामेछाप दुर्घटनामा गम्भिर घाईते भएका ७ जना ९महिला ३, पुरुष ४० लाई नेपाली सेनाको हवाई साधनद्वारा काठमाडौँ ल्याईएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।