१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस्

भारत–पाकिस्तान तनावमा रहँदा सार्कमा बाधक

भारत–पाकिस्तान तनावमा रहँदा सार्कमा बाधक
अ अ+ अ-

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले पुनः जीवन पाउनेरनपाउने बहस सुरु भएको छ। भारत–पाकिस्तान तनाव सार्कमा बाधक बन्दै आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क क्षेत्रका नेतालाई टेलिफोन गरी शुभकामना दिइरहँदा पाकिस्तान र अफगानिस्तानको नेतृत्वसँग संवाद नहुनुले त्यस्तो बहस सुरु भएको हो। विज्ञहरूले मोदीको यस्तो व्यवहारले सार्क अघि बढ्न नसक्ने संकेतका रूपमा अथ्र्याएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले सार्क सदस्य मुलुक नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्सका राष्ट्र एवं सरकार प्रमुखलाई पालैपालो टेलिफोन गरेर नयाँ वर्ष सन् २०२० को शुभकामना दिएका थिए। तर पाकिस्तान र अफगानिस्तानका सरकार र राष्ट्र प्रमुखलाई भने उनले फोन गरेनन्। सार्क अध्यक्षका नाताले नेपाली कूटनीतिज्ञले समेत अनौपचारिक रूपमा चासो देखाएका छन्। सार्क सचिवालयले पनि यसमा चासो देखाउँदै परराष्ट्र मन्त्रालयसँग सोधखोज गरेको एक अधिकारीले बताए।

सार्कमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र अफगानिस्तान सदस्य छन्। भारतीय प्रधानमन्त्री मोदीले सार्क अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी दुई देशबीचका समस्या र यस क्षेत्रको समग्र राजनीतिबारे छलफल गरेका थिए। मोदीले दुईपक्षीय समस्या समाधान गरी सम्बन्ध थप सुदृढ बनाउने र सार्क क्षेत्रमा सहकार्य अघि बढाउने पनि बताएको प्रधानमन्त्री निकटस्थले सुनाए। मोदीले श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई फोन गरी शुभकामना दिँदै सहकार्यका विषयमा छलफल गरेको श्रीलंकाका सञ्चारमाध्यमले जनाएका छन्।

मोदीले भुटानका राजा जिग्मी गेसर नाम्ग्याल वांग्चुक, प्रधानमन्त्री डा. लोटे छिरिङ, बंगलादेशका प्रधानमन्त्री सेख हसिना, श्रीलंकाका राष्ट्रपति गोताभाय राजापाक्षे, प्रधानमन्त्री महिन्दा राजापाक्षे, मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँग वार्ता गरेका थिए। प्रधानमन्त्री ओलीसँग सम्बन्ध राम्रो बनाउने र बाँकी समस्या समाधान गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।

‘कुनै विषयगत कुराकानी नभए पनि नेपाल सधैं सार्क छिटो गराउने र अध्यक्ष हस्तान्तरण गर्न आतुर छ,’ भट्टराईले भने, ‘अहिले त्यसमा विषयगत कुराकानी त भएन तर नेपालको धारणा स्पष्ट छ।’ भारतीय प्रधानमन्त्री मोदीले सन् २०१९ मा नेपाल–भारत सम्बन्ध सुमधुर रहेको सुनाउँदै सन् २०२० मा दुई देशबीच बाँकी विषय समाधान गर्ने र क्षेत्रीय शान्तिमा सहकार्य गर्नुपर्ने बताएका थिए।

‘नेपाल–भारतबीचको समस्याभन्दा पनि मोदीले यो क्षेत्रलाई आफ्नो आन्तरिक राजनीतिमा जोडेर टेलिफोन गरेझैं देखिन्छ’, दक्षिण एसियाली अध्ययन केन्द्र (सिसास) का प्रमुख डा. निश्चलनाथ पाण्डेले भने, ‘सार्कको विषयमा कुरा हुनुपर्ने हो। त्यसमा नेपालले कसरी कुरा गर्यो भन्ने पनि हुन्छ। किनकि अध्यक्ष नेपाल हो,’ पाण्डेले भने, ‘सार्कको मुख्य सरोकारवाला राष्ट्रमध्ये भारत एक हो।’ पाण्डेका अनुसार भारत र पाकिस्तान सम्बन्ध सुधार नभएसम्म सार्कलाई सक्रिय बनाउन सहज छैन।

भारत–पाककै कारण सन् २०१६ मा हुने भनिएको १९ औं सार्क शिखर सम्मेलन अहिलेसम्म हुन सकेको छैन। पाकिस्तानका तर्फबाट सार्क महासचिव रहेका अमजद हुसेन वी सियाल शिखर सम्मेलनमा सहभागी नभई कार्यकाल सकेर फर्कंदै छन्। अर्को महिना श्रीलंकाबाट आउने महासचिवले कुन भूमिका निर्वाह गर्छन् र शिखर सम्मेलन हुन्छ भन्ने हेर्न बाँकी छ। मोदीसँगको वार्ताले कालापानी क्षेत्रको विषयपछि देखा परेको नेपाल–भारत सम्बन्ध थप त्यही विषयमा छलफल गरी सुधार हुने क्रममा रहन सक्ने आंकलन गरिएको छ।

‘यो टेलिफोन वार्ताले नेपाल र भारतबीच छलफलका लागि विन्डो ब्रेक भएको छ’, पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले भने, ‘यो क्षेत्रको साथै दुईपक्षीय सम्बन्धका विषयमा छलफल भयो होला। शुभकामना दिने क्रममा स्वास्थ्यको विषय र अन्य विषय पनि सामान्य छलफल हुने प्रचलन छ।’ मोदीले पछिल्लोपटक १४ मंसिरमा ओलीलाई चिठी लेखेर स्वास्थ्य लाभको कामनासहित आवश्यक परे भारतमा उपचार गर्नसमेत प्रस्ताव गरेका थिए । अन्नपुर्णपोष्ट दैनिकबाट