१८ भाद्र २०८३, बिहीबार
,
Latest
भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेपलाञ्चोकमा सहकारी ऋणीलाई कारबाहीको चेतावनी, १४२ जनालाई ऋण चुक्ता गर्न अनुरोध



अ+ अ-

काठमाडाैँ । जिल्लाका दुई सङ्कटग्रस्त सहकारीबाट ऋण लिएर चुक्ता नगर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले कारबाहीको चेतावनी दिएको छ। प्रशासनले उक्त ऋणीलाई तत्काल ऋण चुक्ता गर्न आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने दुई सहकारी—मुकुल बचत तथा ऋण सहकारी संस्था (बनेपा–७) र पशुपति बचत तथा ऋण सहकारी संस्था (बनेपा–१०)—बाट ऋण लिएर चुक्ता नगर्ने र सम्पर्कमा नआउने १४२/१४२ जना ऋणीलाई कार्यालयमा अनिवार्य उपस्थित भएर ऋण चुक्ता गर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।

प्रहरी अनुसन्धान अधिकृत वेदनारायण श्रेष्ठका अनुसार, ती दुवै सहकारीका सञ्चालकले बचतकर्ताको रकम हिनामिना गरी ठगी गरेको विषयमा उजुरी परेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो। उनले बताउनुभयो, “सम्पर्कमा नआएमा तोकिएको पाँच दिनभित्र खोजी कार्य गरी कानुन बमोजिम कारबाही गरिनेछ।”

जिल्लामा सञ्चालन भइरहेका करिब एक दर्जन सहकारीमा बचत रकम हिनामिनासम्बन्धी उजुरी परेका छन्। उजुरीमा २६ जनालाई पक्राउ गरिएको छ भने ६७ जना सहकारी सञ्चालक फरार रहेको प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेको र आवश्यक परे क्रमशः ऋणीलाई ऋण चुक्ता गर्न अनुरोध गरिने जनाएको छ।