५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजद्वारा इङल्यान्ड ३० रनले पराजित



अ+ अ-

आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत गएराति भएको खेलमा वेस्ट इन्डिजले इङल्यान्डलाई ३० रनले पराजित गरेको छ ।

मुम्बईको वान्खेडे रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गर्दै शेरफान रदरफोर्डको आक्रामक ७६ रन मद्दतले १९६ रनको विशाल स्कोर खडा गरेको थियो ।

ओपनिङ ब्याट्सम्यान समेत रहेका कप्तान शाई होप ० र ब्रान्डोन किङ १ रन बनाएर आउट भएपछि वेस्ट इन्डिज दबाबमा परेको थियो ।

तर त्यसपछिका ब्याटरहरु शिमरोन हेटमाएरले २३, रोस्टोन चेजले ३४, रोभमन पावेलले १४ र जेसन होल्डरले ३३ रन बनाएर वेस्ट इन्डिजलाई जितको आधार तयार पारेका थिए ।

जितका लागि १९७ रनको लक्ष पछ्याएर मैदानमा उत्रेको इङल्यान्डले १९ ओभरमा अलआउट हुँदै १६६ रन मात्र बनाउन सक्यो । इङल्यान्डका लागि साम कुरानले सर्वाधिक ४३ रन बनाएका थिए । फिल साल्टले ३० र ज्याकोब बिथेलले ३३ रन बनाउनु बाहेक अन्य खेलाडीले खासै योगदान गर्न सकेनन् ।

वेस्ट इन्डिजका लागि गुडकेश मोटीले ३, रोस्टन चेजले २ तथा शमार जोसेफ, रोमारियो जोसेफ र अकिल हुसेनले एक एक विकेट लिए ।

यो जितसँगै समूह सी मा वेस्ट इन्डिजले लगातार दुई खेल जितेर ४ अंक बटुलेको छ । स्कटल्यान्ड र इङल्यान्डले एक एक खेल जितेर दुई दुई अंक जोडेका छन् । नेपाल र इटाली भने जितविहीन रहँदै ० अंक छ ।

यही समूहमा रहेको नेपालले आज इटालीको सामना गर्दैछ । यो खेल वान्खेडे रंगशालामा ३.१५ बजे सुरु हुनेछ ।