१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट
अ अ+ अ-

काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, संस्कृति तथा पर्यटन क्षेत्र र जनस्तरको सम्बन्धलगायत विविध विषयमा छलफल भएको थियो ।

उपराष्ट्रपति यादवले नेपाल र जापानबीच इतिहास र संस्कृतिमा आधारित लामो सम्बन्ध रहिआएको बताउनुभयो । ‘सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सहयोग, निकटता र गहिरो मित्रताका साथ सम्बन्ध अघि बढिरहेको छ ’ उहाँले भन्नुभयो, ‘ दुई मुलुकबीच उच्चस्तरीय भ्रमण आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याएको छ ।’

उहाँले नेपालले सदैव जापानसँगको सम्बन्ध र सहयोगलाई उच्च महत्व दिँदै आएको उल्लेख गर्दै यस वर्ष मनाइँदै गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव, द्विपक्षीय सम्बन्धको एक महत्वपूर्ण कोशेढुङ्गा भएको बताउनुभयो ।

‘ नेपालका लागि जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहिआएको छ’, उहाँले भन्नुभयो, ‘ सन् १९५४ देखि जापानले नेपाललाई द्विपक्षीय अनुदान, ऋण,बहुपक्षीय सहायता तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।’

जापानबाट सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण तथा संस्कृति रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालले औद्योगिक विकास, कृषि, जलविद्युत, पूर्वाधार विकास लगायत क्षेत्रमा जापानको अनुभव, सीप र प्रविधिबाट लाभान्वित हुने अपेक्षा राखेको बताउनुभयो ।

‘नेपाल २०२६ मा अतिकम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नति हुँदै गर्दा जापानबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु’, उहाँले भन्नुभयो, ‘द्विपक्षीय व्यापार विस्तार र लगानी आकर्षणमा ठूलो सम्भावना छ । नेपालले कानुनी तथा संस्थागत सुधारमार्फत जापानी लगानीकर्ताको हित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । ’

जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति कार्यक्रममार्फत नेपालका सरकारी अधिकारीहरूलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएकोमा खुशी व्यक्त गर्दै गौतम बुद्धको शिक्षाबाट प्रेरित सामाजिक–सांस्कृतिक सम्बन्ध नेपाल र जापानबीच गहिरो रूपमा विद्यमान रहेको बताउनुभयो।

‘बुद्ध जन्मस्थल लुम्बिनीले दुई मुलुकबीच बलियो पुलको काम गरेको छ, जसको विकासमा जापानको सहयोगप्रति नेपाल हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘वर्षेनी हजारौं जापानी पर्यटक नेपाल भ्रमण गर्ने गरेका छन्, र भविष्यमा यो संख्या अझ बढ्ने विश्वास व्यक्त गर्दछु । ’

उहाँले जापानमा करिब तीन लाख नेपाली समुदायको उपस्थिति द्विपक्षीय सम्बन्धको एक उल्लेखनीय पक्ष भएको उल्लेख गर्दै नेपालले जापान सरकारको सद्भावना र समझदारीप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

जापानका सम्राटको शुभजन्मोत्सवको अवसरमा काठमाडौंस्थित जापानी राजदूतावासद्वारा आयोजना गरिन लागेको स्वागत समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा गरिएकोमा उपराष्ट्रपति यादवले धन्यवाद व्यक्त गर्दै सहर्ष सहभागी हुने बताउनुभयो ।

नेपालका लागि जापानका महामहिम राजदूत मायदा तोरुले नेपालको विकासमा जापान सदैव सहयोग गरिरहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जापानमा रहेका नेपालीहरुले जापानी समाज र अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । ’ रासस