८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

अस्ट्रेलियन ओपनको उपाधि अल्काराजले जिते

अस्ट्रेलियन ओपनको उपाधि अल्काराजले जिते
अ+ अ-

अस्ट्रेलियन ओपन टेनिसको उपाधि यसवर्ष विश्व वरियतामा १ नम्बरमा रहेका स्पेनी खेलाडी कार्लोस अल्काराजले जितेका छन् ।

यो वर्षको पहिलो ग्रान्डस्लाम उपाधि भिडन्तमा अल्काराजले विश्व वरियतामा चौथो स्थानमा रहेका सर्बियाली खेलाडी नोभाक जोकोभिकलाई ३–१ सेटले पराजित गरेका थिए ।

पहिलो सेट नोभाकले २–६ ले जितेर राम्रो सुरुवात गरे पनि त्यसपछिका तीनवटा सेट लगातार अल्काराजले जितेका थिए । मैदानमा त्यति स्वस्थ नदेखिएका नोभाकले ६–२, ६–३ र ७–५ ले सेट गुमाएका थिए । यद्यपि चौथो सेट निकै प्रतिस्पर्धात्मक भएको थियो ।

३८ वर्षीय नोभाकले यसअघि अस्ट्रेलियन ओपनको उपाधि सन् २००८, २०११, २०१२, २०१३, २०१५, २०१६, २०१९, २०२०, २०२१ र २०२३ मा गरी १० पटक जितिसकेका छन् । उनले ३८ वटा ग्रान्डस्लाममा भाग लिएकामा २४ पटक उपाधि जित्नुका साथै १३ वटामा उपविजेता भएका थिए ।

उता, नवयुवा अल्काराज २२ वर्षका छन् । उनले फ्रेन्च ओपन २ पटक, विम्बल्डन २ पटक र युएस ओपन २ पटक जितिसकेका छन् । यसवर्ष २०२६ मा उनको यो पहिलो अस्ट्रेलियन ग्रान्डस्लाम उपाधि हो ।