१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग

प्रतिनिधिसभा निर्वाचनः उम्मेदवार मतदाता रिझाउन घरदैलोमा

प्रतिनिधिसभा निर्वाचनः उम्मेदवार मतदाता रिझाउन घरदैलोमा
अ अ+ अ-

खोटाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका १५ जना नेता चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई स्वतन्त्रसहित १५ जना नेताहरू उम्मेदवारी दर्ता गरेर आफ्नो जित सुनिश्चितताका लागि मतदाता रिझाउने घरदैलो अभियान छन् ।

विसं २०७९ को चुनावमा झै यस पटक पनि पुरानै तीन राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेससँगको वाम–लोकतान्त्रिक गठबन्धनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई निर्वाचित हुनुभएको थियो ।

एमालेले जिल्ला अध्यक्ष देवविक्रम राईलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनका कारण आफ्नो उम्मेदवार उठाउन नपाएको कांग्रेसले यसपटक महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई उम्मेदवार बनाएको छ ।

हरि रोकालाई उम्मेदवार बनाएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि उत्साहित भएर घरदैलो अभियानमा जुटेको छ । साङ्गठनिक रूपले एमाले र कांग्रेसभन्दा केही कमजोर भए पनि उम्मेदवारको क्षमताको आधार तथा छ जना पूर्वसांसदको साथ मतपरिणाम आफूहरूको पक्षमा हुने नेकपाका नेताहरूले बताएका छन् ।

प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नं १ (१)मा एमालेका पाँचकर्ण राई र क्षेत्र नं २ (२)मा कांग्रेसका भूपेन्द्र राई प्रदेशसभा सदस्य हुनुहुन्छ । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा धेरै कांग्रेसका जनप्रतिनिधि छन् ।

दुई नगरपालिका प्रमुख, चार गाउँपालिका प्रमुख, एक नगरपालिका उपप्रमुख, तीन गाउँपालिका उपप्रमुख र ३२ वडाध्यक्ष कांग्रेसका छन् । समन्वय समिति प्रमुख र उपप्रमुखसहित दुई गाउँपालिका प्रमुख, एक नगरपालिका उपप्रमुख, दुई गाउँपालिका उपप्रमुख र २५ वडाध्यक्ष नेकपाका छन् ।

नेपालका एक गाउँपालिका उपप्रमुख र दुई वडाध्यक्ष रहेका छन् । उनासी वडा रहेको जिल्लामा एक वडाध्यक्ष भने कांग्रेसका बागी उम्मेदवारले जितेका छन् ।

पहिलोपटक जिल्लामा सङ्गठन विस्तार गरेर निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी र पहिलो पटक चुनावमा होकिएको श्रम संस्कृति पार्टी तथा राष्ट्रिय परिवर्तन पार्टीले पनि पुराना राजनीतिक दललाई चुनौती दिएका छन् ।

रास्वपाबाट रुद्र गिरी र श्रम संस्कृति पार्टीबाट आरेन राईले उम्मेदवारी दिनुभएको छ । जेनजी युवाले दर्ता गराएका राष्ट्रिय परिवर्तन पार्टीले पनि जिल्लाबाट २५ वर्षीय मिरेश राईलाई उम्मेदवार बनाएको छ ।

अघिल्लो निर्वाचनमा तेस्रो भएको जसपा नेपाल अहिले दुई धारमा छ । तत्कालीन निर्वाचनका उम्मेदवार डा केकेले अहिले पार्टी छाडिसक्नुभएको छ । विभाजन भएको जसपाबाट राकेश राई र जसपा नेपालबाट सुनिल चाम्लिङ उम्मेदवारी दिनुभएको छ । अघिल्लो निर्वाचनमा जिल्लामा चौथो भएको राप्रपाले अहिले दीपक तामाङलाई उम्मेदवार बनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट प्रयाग राई, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ तथा स्वतन्त्र उम्मेदवारका रूपमा डा राजकुमार राई र तिलकचन्द्र राई रहनुभएको छ ।

आगामी निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन् ।रासस