२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि

टी–२० विश्वकपबाट बाहिरिने धम्कीकाबीच पाकिस्तानले गर्यो टोली घोषणा

टी–२० विश्वकपबाट बाहिरिने धम्कीकाबीच पाकिस्तानले गर्यो टोली घोषणा
अ अ+ अ-

काठमाडौँ । बंगलादेशको समर्थनमा टि–२० विश्वकप नखेल्ने धम्कीको बीच पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी)ले आइतबार आफ्नो टोलीको घोषणा गरेको छ।

लाहोरस्थित गद्दाफी रंगशालामा पिसीबीका उच्च प्रदर्शन निर्देशक तथा पुरुष छनोट समितिका सदस्य आकिब जावेदले पाकिस्तानका टि–२० कप्तान सलमान अली आगा र एकदिवसीय तथा छोटो ढाँचाका प्रमुख प्रशिक्षक माइकल जेम्स हेसनको उपस्थितिमा १५ सदस्यीय टोली सार्वजनिक गरेका हुन्।

सलमान अली आगा टोलीका कप्तान बनाइएका छन्। बाबर आजम, फखर जमान र शाहीन शाह अफरीदीजस्ता अनुभवी खेलाडीहरू पनि टोलीमा समावेश छन्। पाकिस्तानी टोलीले आफ्नो पहिलो खेल फेब्रुअरी ७ मा कोलम्बोमा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ।

एक दिनअघि बंगलादेशलाई प्रतियोगिताबाट बाहिर गरिएपछि पिसीबी प्रमुख मोहसिन नकवीले भनेका थिए— यदि पाकिस्तान सरकारले निर्देशन दिएमा पाकिस्तानी टोलीले पनि विश्वकप खेल्नेछैन। त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले विश्वकपबाट बाहिरिएमा पाकिस्तान सुपर लिग (पिएसएल) खेल्नका लागि अनापत्ति प्रमाणपत्र (एनओसी) नदिने चेतावनी दिएको थियो।

६ खेलाडीलाई पहिलो पटक विश्वकप खेल्ने अवसर

यस टोलीमा ६ जना खेलाडी छन्, जसलाई पहिलो पटक विश्वकप खेल्ने अवसर दिइएको छ। उनीहरूमा फहीम अशरफ, ख्वाजा मोहम्मद नफे, मोहम्मद सलमान मिर्जा, साहिबजादा फरहान र उस्मान तारीक रहेका छन्।

अबरार अहमद, बाबर आजम, फखर जमान, मोहम्मद नवाज, नसीम शाह, साइम अयूब, शाहीन शाह अफरीदी, शादाब खान र उस्मान खान यसअघि एक वा सोभन्दा बढी टि–२० विश्वकप खेलिसकेका छन्।

अघिल्लो विश्वकप खेलेका ८ खेलाडीलाई यसपटक टोलीमा स्थान दिइएको छैन। तीमध्ये मोहम्मद रिजवान, आजम खान, इफ्तिखार अहमद, वसीम खान, अब्बास अफरीदी, हारिस रऊफ र मोहम्मद आमिर रहेका छन्।

पाकिस्तान समूह ‘ए’ मा

२० टोली सहभागी यस प्रतियोगितामा प्रत्येक टोलीले चार समूह चरणका खेल खेल्नेछ। त्यसपछि सुपर–८ चरण र नकआउट चरण खेलाइनेछ। पाकिस्तान समूह ‘ए’ मा रहेको छ। जसमा नेदरल्यान्ड्स, भारत, नामिबिया र अमेरिका रहेका छन्।