२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि

अभिनेता विजय बरालको गायनमा डेब्यु, ल्याए ‘विधिको शासन’

अभिनेता विजय बरालको गायनमा डेब्यु, ल्याए ‘विधिको शासन’
अ अ+ अ-

काठमाडौं । रंगमञ्च र चलचित्रको पर्दामा आफ्नो जीवन्त अभिनयका कारण दर्शकको मन जित्न सफल अभिनेता विजय बराल अब नयाँ भूमिकामा देखिएका छन् ।

चलचित्रमार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका विजयले ‘विधिको शासन’ बोलको गीत मार्फत गायनमा डेब्यु गरेका हुन् ।

उनको यो डेब्यु केवल मनोरञ्जनका लागि मात्र नभई वर्तमान राजनीतिक व्यवस्था र विसंगति विरुद्धको एउटा बलियो ‘ध्वनि’ का रूपमा आएको छ ।

शौरभ कार्कीको शब्द रचना र प्रशान्त शिवाकोटीको संगीत रहेको यस गीतले देशको समसामयिक राजनीतिक अवस्थालाई चित्रण गरेको छ । विशेषगरी, भदौ २३ र २४ गते काठमाडौंमा भएको ‘जेनजी’ आन्दोलन र त्यसले उठाएका मुद्दाहरूलाई गीतको मूल मर्म बनाइएको छ ।

देश विकास र समृद्धिका लागि व्यक्ति विशेषको सनक र मनमौजी शैलीभन्दा पनि पद्धति र विधिको शासन अनिवार्य हुने सन्देश गीतले दिएको छ । २०४० सालको जनआन्दोलनदेखि २०६२/६३ को परिवर्तन हुँदै पछिल्लो समयका युवा विद्रोहसम्मका भावनालाई गीतमा समेटिएको छ ।

आफ्नो पहिलो गायन अनुभवबारे विजय बराल भन्छन्, “मैले गाएको यो पहिलो गीत हो । वास्तवमा म गायक होइन, तर साथीहरूले यस विषयमा तपाईंको स्वर सुहाउँछ, गाउनुपर्छ भनेर हौसला दिनुभयो । साथीहरूको विश्वासलाई आत्मसाथ गर्दै एउटा प्रयास गरेको हुँ ।”

उनले अगाडि थपे, “यो गीत कसैको व्यक्तिगत विरोध वा समर्थनमा होइन । यो त केवल सत्ता र प्रणालीलाई गरिएको एउटा सटायर (व्यङ्ग्य) र खबरदारी हो । देशमा कसरी सुनौला सपनाहरू खरानी भइरहेका छन् र फेरि आशाको दियो कसरी बाल्न सकिन्छ भन्ने यसको मुख्य उद्देश्य हो ।”

गीतको अडियो जत्तिकै यसको भिडियो पनि शक्तिशाली बनाइएको छ । मनिष राउतको कन्सेप्टमा तयार पारिएको भिडियोमा नेपालका विभिन्न राजनीतिक क्रान्तिका वास्तविक तस्बिर र फुटेजहरू प्रयोग गरिएको छ ।

२०४० सालका आन्दोलनकारीदेखि २०६२/६३ को दोस्रो जनआन्दोलन र हालैको जेनजी आन्दोलनमा प्रहरीको दमन र युवाहरूको आक्रोशलाई भिडियोमा दुरुस्त उतारिएको छ । यसले गीतलाई एउटा सांगीतिक सिर्जना मात्र नभएर ऐतिहासिक ‘डकुमेन्ट्री’ जस्तो ओजनदार बनाएको छ ।

नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकारहरू सामाजिक र राजनीतिक मुद्दामा खुलेर लाग्ने क्रम बढ्दो छ । विजय बरालको यो कदमले पनि कलाकारहरू केवल पर्दाका पात्र मात्र नभई समाजका सचेत नागरिक पनि हुन् भन्ने पुष्टि गरेको छ । ‘विधिको शासन’ ले सुशासन र विकासको पर्खाइमा रहेका आम नेपालीको आवाजलाई प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ ।

भदौ २४ को आन्दोलनमा घाइते भएका र सहादत प्राप्त गरेका व्यक्तिहरूको सम्मान र बाँकी रहेका मागहरू सम्बोधन हुनुपर्ने कुरामा गीतले जोड दिएको छ ।

अभिनेता बरालको कामको कुरा गर्दा उनी हालै ब्लकबस्टर निर्देशक सरोज पौडेलको चलचित्र ‘सिन्दुरे जात्रा’मा अनुबन्ध भएका छन् । यसमा विजयको जोडीमा अभिनेत्री अञ्जना बराइली फाइनल भएकी छन् । यी दुवै कलाकारको निर्देशक पौडेलसँग यो दोस्रो सहकार्य हो ।

यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा काम गरेका थिए । जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ ।