९ भाद्र २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई…
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बजार : नेप्सेमा झिनो गिरावट



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ०.२७ अंकले घटेर १ हजार ३०५.८८ मा थामिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४९ अंकले घटेर २७८.१९ मा पुगेर रोकिएको छ ।

आज कुल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये चार उपसमूहको शेयरमात्र बढेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमाको शेयर ९७.१९ अंकले वृद्धि भएको छ । यस्तै वित्त ९०.९५, होटल १६.१६ र व्यापार उपसमूहको शेयर १६.३ अंकले बढेको छ ।

स्टकका अनुसार आज सबैभन्दा बढी जीवन बीमा उपसमूहको शेयर ३२.८७ अंकले ओरालो लागेको छ । यस्तै उत्पादन १२.४५, बैंकिङ ७.९६, जलविद्युत् ७.१३, विकास बैंक ५.२३, वित्त २.२२, अन्य १.९९ र सामूहिक लगानी कोषको शेयर ०.१४ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा नेडेप लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ६ करोड ३८ लाख ७६ हजार ३७३ मा खरिदबिक्री भयो । यस्तै शिखर इन्स्योरेन्सको रु ६ करोड २२ लाख ३९ हजार १९९, छिमेकी लघुवित्त विकास बैंकको रु ५ करोड ६५ लाख ४३ हजार २६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ४ करोड ९० लाख ७४ हजार ७९ र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयर रु ४ करोड ३० लाख ८० हजार ७४९ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो ।

आज सबैभन्दा बढी नेडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए । यसैगरी नेरुडे लघुवित्त विकास बैंक ९.१५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ८.६६, गुराँस लघुवित्त वित्तीय संस्था ८.३६, आरएमडिसी लघुवित्त वित्तीय संस्था ८.३२, आइएमई जनरल इन्स्योरेन्स ८.०६ र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.७९ प्रतिशतले कमाए ।

प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले ५.५० प्रतिशतले गुमाउँदा नेपाल हाइड्रो डेभलपर्स ४.५८, सांग्रिला डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर कम्पनी र समृद्धि फाइनान्स कम्पनीका शेयरधनीले समान ३.७० प्रतिशतले गुमाए ।