९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई पत्र लेख्दै साथ छाडेका रहबर अन्सारी रास्वपामा प्रवेश



अ+ अ-

काठमाडौं। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेख्दै पार्टी छाडेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

जनकपुरमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभामा अन्सारीले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।

उनले मधेश प्रदेशसभाबाट पनि पार्टीसँग राजीनामा दिएका थिए। अन्सारीले रास्वपाले ‘परिवर्तनको सङ्कल्प’का साथ अघि आएको भन्दै अभियानमा सक्रिय हुने बताएका छन्।

उनले अबको परिवर्तन केवल रास्वपाबाटै सम्भव हुने उल्लेख गर्दै मधेशमा पार्टीको भूमिका सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनी बारा–४ निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्।




भर्खरै