१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

चीन र क्यानडाबीच करदेखि र भिसासम्मका लागि ऐतिहासिक सहमति

चीन र क्यानडाबीच करदेखि र भिसासम्मका लागि ऐतिहासिक सहमति
अ अ+ अ-

बेइजिङ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रबार बेइजिङमा व्यापार, पर्यटनदेखि भिसा नियमसम्बन्धमा ऐतिहासिक सम्झौताका लागि सहमति भएको छ ।

क्यानाडाका प्रधानमन्त्री कार्नीले चीनसँगको ‘नयाँ रणनीतिक साझेदारी’ अन्तर्गत ‘ऐतिहासिक सम्झौता’ भएको भन्दै यसका लागि चिनियाँ अधिकारीको प्रशंसा गर्नुभएको छ।

सम्झौताले वर्षौँदेखिको कुटनीतिक विवाद, एकअर्काका नागरिकहरूको प्रतिशोधात्मक गिरफ्तारी र विवाद अन्त्य गर्नेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाका उत्पादनहरूमा आक्रामक रूपमा करवृद्धि गरेपछि कार्नीले आफ्नो देशको प्रमुख आर्थिक साझेदार र परम्परागत सहयोगी अमेरिकामाथिको निर्भरता कम गर्न खोजेका छन्।

“क्यानडा र चीनबीच व्यापार अवरोध हटाउन र करवृद्धि घटाउने प्रारम्भिक तर ऐतिहासिक व्यापार सम्झौता भएको छ,” राष्ट्रपति सीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा कार्नीले बताउनुभयो ।

सम्झौता अन्तर्गत क्यानोलाको बीउको लागि क्यानाडाको सबैभन्दा ठूलो बजार चीनमा मार्च १ सम्ममा क्यानोला उत्पादनहरूमा कर घटाएर एक देखि १५ प्रतिशतसम्ममा झार्ने अपेक्षा गरिएको छ,। यो हाल ८४ प्रतिशतको हाराहारीमा रहेको छ ।

सम्झौता अनुसार चीनले क्यानडेली आगन्तुकहरूलाई बिना भिसा प्रवेश गर्न अनुमति दिनेछ। यसको बदलामा, क्यानाडाले ६.१ प्रतिशतको नयाँ प्राथमिकताको करमा ४९ हजार चिनियाँ विद्युतीय सवारी साधन (इभी) आयात गर्नेछ।

“यो भर्खरको व्यापार तनावभन्दा पहिले अवस्थित स्तरमा फर्कनु हो,” कार्नीले इभी सम्झौताको बारेमा भन्नुभयो । ‘ग्रेट हल अफ द पिपुल’मा प्रधानमन्त्री कार्नीलाई स्वागत गर्दै चिनियाँ राष्ट्रपति सीले भन्नुभयो, “गत अक्टोबरमा एपेक शिखर सम्मेलनको अवसरमा दुई देशका नेताबीचको भेटवार्तापछि चीन र क्यानडाको सम्बन्ध नयाँ महत्वपूर्ण मोडमा पुगेको थियो।

राष्ट्रपति सीले क्यानडेली नेतासँग भन्नुभयो, “गत वर्षको हाम्रो बैठकले चीन–क्यानडा सम्बन्धलाई सुधारतर्फ मोड्ने नयाँ अध्याय सुरु गरेको छ ।”

उहाँले थप्नुभयो, “चीन–क्यानडा सम्बन्धको स्वस्थ र स्थिर विकासले हाम्रा दुई देशको साझा हितलाई पूरा गरेको छ।” सहयोग पुनस्र्थापना गर्न पछिल्ला केही महिनादेखि भएको छलफलबाट आफू खुशी रहेको उहाँको भनाइ थियो ।

सम्बन्ध सही दिशामा

सन् २०१८ मा अमेरिकी पक्राउ पूर्जी आदेशपछि क्यानडाले हुवावेका संस्थापककी छोरीलाई पक्राउ गरेपछि र जासुसीको आरोपमा चीनले दुई क्यानेडियालीलाई पक्राउ गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।

दुई देशले त्यसपछिका वर्षहरूमा एक अर्काको निर्यातमा कर लगाए । क्यानाडाको चुनावमा चीनले हस्तक्षेप गरेको पनि आरोप लगाइयो।

क्यानडाका प्रधानमन्त्री कार्नीले आफु निर्वाचित भएसँगै चीनसँगको सम्बन्ध सुधारमा पहल गरेको देखिन्छ भने बेइजिङले पनि सम्बन्धलाई ‘सही बाटोमा’ ल्याउन इच्छुक रहेको बताएको छ।

बिहीवार प्रधानमन्त्री ली चियाङसँग भेट गरेका क्यानडाका नेताले व्यापारका विषयमा छलफल गर्न व्यापारिक प्रतिनिधिहरूसँग पनि वार्ता गर्ने कार्यक्रम रहेको छ।

परम्परागत रूपमा अमेरिकाको कट्टर सहयोगी क्यानडामा विशेषगरी ट्रम्पले स्टिल, आल्मुनियम, सवारी साधन र काठमा लगाएको करवृद्धिका कारण नराम्रो आर्थिक प्रभाव परेको छ । अमेरिकी नीतिका कारण क्यानडाको चीनतिरको झुकाब एकाएक बढेको छ।

वाशिङ्गटनको कदमले क्यानाडालाई अन्यत्र व्यवसाय खोज्न प्रेरित गरेको छ। अक्टोबरमा कार्नीले अमेरिकामाथिको निर्भरता कम गर्न क्यानडाले सन् २०३५ सम्ममा आफ्नो गैरअमेरिकी निर्यातलाई दोब्बर बनाउनुपर्ने बताउनुभएको थियो ।

क्यानाडा सरकारको तथ्यांक अनुसार संयुक्त राज्य अमेरिका क्यानडाको सबैभन्दा ठूलो बजार रहेको छ, जसले सन् २०२४ मा लगभग ७५ प्रतिशत क्यानेडियाली सामानहरू खरिद गरेको थियो ।

चीन क्यानाडाको लागि दोस्रो ठूलो बजार हो । सन् २०२४ मा क्यानाडाको निर्यातको चार प्रतिशतभन्दा कम सामान चीनले खरिद गरेको थियो ।(रासस/एएफपी)