१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड

‘निर्वाचनमार्फत मात्र देशलाई सही दिशामा लैजान सकिन्छ’

‘निर्वाचनमार्फत मात्र देशलाई सही दिशामा लैजान सकिन्छ’
अ अ+ अ-

काठमाडौँ।  पूर्वसांसद तथा नेताहरूले जनमुखी राजनीति, जवाफदेही नेतृत्व र समयमै निर्वाचनमार्फत मात्र देशलाई सही दिशामा लैजान सकिने बताएका छन ।

पूर्वसांसद मञ्च, नेपालद्वारा आज यहाँ आयोजित ‘नेपालको वर्तमान परिस्थितिको समीक्षा र हाम्रो दायित्व’ विषयक अन्तक्र्रियामा सहभागी पूर्वसांसद तथा नेताहरूले देशको विद्यमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै जुनसुकै सर्तमा पनि तत्काल निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको हो ।

नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणि पोखरेलले पछिल्लो राजनीतिक परिस्थितिमा देशलाई अघि बढाउने तत्कालको आधार निर्वाचन नै भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको राजनीतिक जटिलतालाई चिर्ने एकमात्र उपाय निर्वाचन हो ।”

पूर्वमन्त्री सुमना श्रेष्ठले निर्वाचनलाई आशाको खेती बनाउन नहुने धारणा भन्दै दलहरूले सार्वजनिक गर्ने घोषणापत्र व्यवहारिक र कार्यान्वयन योग्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक नेतृत्व जनताको एजेन्डा, पीडा र आवश्यकताबाट टाढिँदै गएको टिप्पणी गर्नुभयो ।

संविधानविद् तथा नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले ऐन निर्माण प्रक्रियामा भएका कमजोरीहरू औँल्याउनुभयो । उहाँले लगानीमैत्री कानुनी वातावरण बनाउन नसकेसम्म मुलुकको आर्थिक विकास सम्भव नहुने बताउनुभयो । “नेतृत्वलाई जनताको मुद्दा र पीडाले छुन छोडेको छ, हामीलाई जनताको दुःखले दुख्दैन, त्यसैले जनतामा निराशा बढेको हो”, अधिकारीले भन्नुभयो ।

नेकपा (एमाले)का नेता युवराज ज्ञवालीले वर्तमान अवस्था अपेक्षा गरेभन्दा धेरै चुनौतीपूर्ण रहेको बताउँदै राजनीतिक दल र नेतृत्व अझै बढी जवाफदेही हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“जनताको आवश्यकता बढ्यो, तर नेतृत्व ती आकांक्षा पूरा गर्न असफल देखियो । हाम्रो कामले जनताको मन छुन सकेन”, उहाँले भन्नुभयो ।