१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला आयोजना हुने भएको छ ।

मेला प्रचारप्रसार समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र रैथाने एग्री प्रडक्ट्स नेपालले संयुक्त रूपमा मेला आयोजना गर्न लागेको जानकारी दिइएको हो ।

मेलाका प्रचारप्रसार समिति संयोजक रामबहादुर चौहानले ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता’ भन्ने मूल नाराका साथ माघे सङ्क्रान्तिका दिन भृकुटीमण्डपस्थित बगैँचा परिसरमा मेला सञ्चालन हुने जानकारी दिनुभयो ।

कृषि जैविक विविधताको महत्त्व, संरक्षण र दिगो उपयोगमा जनचेतना फैलाउने र विशेष गरी युवाहरूलाई सक्रिय रूपमा सहभागी गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

मेलामा रैथाने बीउबिजन, परम्परागत कृषि प्रविधि, मौलिक खाना र प्रदेशस्तरीय खाद्य परिकारको प्रदर्शन, परम्परागत कृषि उपकरण, सांस्कृतिक झाँकी, नृत्य, गीत र कविता प्रस्तुति र रैथाने स्वाद, संस्कृति तथा ग्रामीण पर्यटनसँग सम्बन्धित जानकारी एवं परामर्श पनि प्रदान गरिने जानकारी दिइयो ।

यसैगरी पुरानो रैथाने ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै कृषिमा युवाको आकर्षण बढाउने, रैथाने उत्पादनको व्यवसायीकरण गरी खाद्य सुरक्षा र स्वस्थ जीवनका लागि ‘आफ्नै माटोको उत्पादन’ उपभोग गर्न नेपालीहरूलाई प्रोत्साहित गर्न मेलाले टेवा पुग्ने विश्वास गरिएको छ ।

मेलाबाट कृषि जैविक विविधता र रैथाने बीउबिजन संरक्षण तथा व्यवसायीकरणमा सहभागीहरूको प्रतिबद्धता समेटेर घोषणापत्र पनि जारी गरिने प्रचारप्रसार संयोजक चौहानले बताउनुभयो ।

नेपाल सरकारले हरेक वर्ष माघ १ गते ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ मनाउँदै आएको छ । रासस