१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै
अ अ+ अ-

दुबई। इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका कारण केही समय बन्द रहेको सञ्चार सेवा आंशिक रूपमा खुल्न थालेपछि केही नागरिकले पहिलो पटक बाहिरी संसारसँग सम्पर्क गर्न सकेका छन् ।

उहाँहरूले राजधानी तेहरानमा देखिएको सुरक्षा व्यवस्था र केही स्थानमा भएको क्षतिको अवस्था साझा गरेका छन् ।

तेहरानका बासिन्दाका अनुसार मोबाइल फोनमार्फत बाहिर कल गर्न सकिए पनि सन्देश सेवा अझै पूर्ण रूपमा सञ्चालनमा आएको छैन। इन्टरनेट पहुँच पनि सरकारी रूपमा स्वीकृत वेबसाइटसम्म सीमित रहेको बताइएको छ ।

करिब साढे चार दिन विश्वसँग सम्पर्क विच्छेद भएपछि राजधानीका प्रमुख सडक र चोकमा दंगा नियन्त्रण प्रहरी तथा सादा पोसाकका सुरक्षाकर्मीको उपस्थिति देखिएको उहाँहरूको भनाइ छ ।

प्रदर्शनका क्रममा केही बैंक तथा सरकारी कार्यालयमा आगलागी भएको, एटीएमहरू क्षतिग्रस्त भएको र इन्टरनेट बन्द हुँदा बैंकिङ सेवा प्रभावित भएको जानकारी दिइएको छ । यद्यपि, अधिकांश पसलहरू खुलेका छन्, तर ग्राहकको आवतजावत सीमित देखिएको छ । केही पसलेले बजार खोल्न सुरक्षाकर्मीबाट आग्रह आएको बताएका छन् ।

मानव अधिकारसम्बन्धी संस्थाहरूले प्रदर्शन सुरु भएयता धेरै व्यक्तिको ज्यान गएको र ठूलो सङ्ख्यामा मानिस पक्राउ परेको बताएका छन् । इरानी सरकारले भने यसबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।

यसैबीच, इरानी अधिकारीहरूले अमेरिकासँग कूटनीतिक संवाद जारी रहेको बताएका छन्। अमेरिकी पक्षले आवश्यक परे विभिन्न विकल्प अपनाउन सक्ने जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूबारे नयाँ आर्थिक उपाय घोषणा गर्नुभएको छ । इन्टरनेट सेवा पूर्ण रूपमा सञ्चालनमा नआएकाले इरानभित्रको समग्र अवस्था बाहिरबाट मूल्याङ्कन गर्न अझै चुनौतीपूर्ण रहेको छ । तर नागरिकहरूले दिएका अनुभवले देशमा अवस्था संवेदनशील रहेको देखाएको छ । (रासस/एपी)