१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकभित्रै एक ऋणीले गरे आत्मदाहको प्रयास



अ+ अ-

काठमाडौँ । सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंक भित्रै एक ऋणीले आत्मदाहको प्रयास गरेका छन्।

इटहरी–आइतबारेका लालबहादुर पौडेलले एनआईसी एसिया बैंकको इटहरी शाखा कार्यालयभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका हुन्। उनी बोतलमा पेट्रोल बोकेर बैंक पुगेका थिए।

पौडेलले शरीरमा पेट्रोल छर्किन खोजेपछि बैंकका कर्मचारी तथा दुर्गा प्रसाईँको नागरिक बजाउ अभियानका सदस्यहरूले समयमै रोकेर जोगाएका थिए।

प्रारम्भिक जानकारीअनुसार पौडेलले इटहरीमा रहेको आफ्नो जग्गा इटहरीकै व्यवसायी गंगाराम साह तेलीलाई धितोमा दिएको बुझिएको छ।

झापामा मदिरा फ्याक्ट्री सञ्चालनका लागि भन्दै साहले ब्याज दिने सहमतिमा पौडेलसँग धितो मागेका थिए। साढे दुई करोड रुपैयाँ बराबरमा जग्गा धितो राखेपछि साहले न त ब्याज दिएको न त किस्ता नै तिरेको पौडेलको भनाइ छ।

जग्गा लिलामी प्रक्रियामा पुगेपछि आफू गम्भीर तनावमा परेको उनले बताएका छन्। बैंकले बोलाएपछि पौडेल दुर्गा प्रसाईँका केही कार्यकर्तासहित बैंक पुगेका थिए।

प्रहरीले बैंकमा पुगेर आगो लगाउने प्रयास भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।