२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानद्वारा २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक



नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै क्यानका सचिव पारस खड्का । तस्बिर : किरणराज बिष्ट / रासस
अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता समेटिएको वार्षिक खेल तालिका सार्वजनिक गरेको छ ।

क्यानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गर्नुभएको हो ।

क्यालेन्डरको राष्ट्रिय प्रतियोगितामा जनवरीमा पुरुष प्रधानमन्त्री कपबाट हुनेछ । जसअन्तर्गत जनवरी ५ देखि २५ तारिखसम्म जिल्ला चरण र जनवरी २५ देखि फेब्रुअरी १० सम्म प्रदेश चरणका खेलहरू आयोजना गरिनेछन् ।

त्यस्तै, फेब्रुअरीमा पुरुष प्रधानमन्त्री कप प्रदेश चरण निरन्तरता पाउनेछ भने फेब्रुअरी १२ देखि २२ सम्म जय ट्रफी आयोजना हुनेछ । यही महिनामा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको जिल्ला चरण पनि सञ्चालन हुनेछ ।

त्यस्तै मार्चमा पुरुष प्रधानमन्त्री कपको राष्ट्रिय चरण मार्च २८ देखि अप्रिल २२ सम्म सञ्चालन हुनेछ । यसै अवधिमा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको प्रदेश चरण तथा महिला प्रधानमन्त्री कपको जिल्ला चरण आयोजना गरिने क्यालेन्डरमा उल्लेख छ ।

अप्रिलमा महिला प्रधानमन्त्री कपको प्रदेश चरण, पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको जिल्ला तथा प्रदेश चरण र अन्य क्यान कार्यक्रम सञ्चालन हुनेछन् ।

मेमा महिला प्रधानमन्त्री कपको राष्ट्रिय चरण मे २ देखि २० सम्म आयोजना हुनेछ । यसैमहिना राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको राष्ट्रिय चरण तथा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता र क्यान युथ क्याम्प आयोजना हुनेछन् । जुनमा सातै प्रदेशमा क्यान लेभल १ कोचिङ कोर्स सञ्चालन गरिनेछ भने जुन १५ देखि २५ सम्म राष्ट्रिय टी–२० च्याम्पियनसिप आयोजना गरिनेछ ।

जुलाईमा क्यान लेभल २ कोचिङ कोर्स तथा पिच क्युरेटर कोर्स सञ्चालन हुनेछन् । अगस्ट महिनामा क्यान लेभल १ अम्पायरिङ कोर्स आयोजना गरिनेछ । सेप्टेम्बरदेखि अक्टोबरसम्म महिला लङ्गर फम्र्याट प्रतियोगिता आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

अक्टोबरदेखि नोभेम्बरसम्म नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना हुने क्यालेन्डरमा समावेश गरिएको छ । अक्टोबरमै यु–१६ बोइज÷गल्र्सको राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप, अन्तरविद्यालय तथा कलेजस्तरीय लङ्गर फम्र्याट प्रतियोगिता र क्षेत्रीय टुर्नामेन्टहरू आयोजना हुनेछन् । डिसेम्बर महिनामा पनि क्षेत्रीय टुर्नामेन्टहरू सञ्चालन हुनेछन् ।

त्यसैगरी, अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा जनवरीमा आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट नेपालमै आयोजना हुँदैछ ।  फेब्रुअरीमा नेपाली पुरुष टोलीले टी–२० विश्वकप खेल्दैछ ।

मार्चमा पुरुष टिमले आइसिसी लिग २ को शृङ्खला खेल्नेछ । महिला टोलीले पनि बाइल्याटरल सिरिज खेल्ने क्यानले जनाएको छ । यु–१९ टिमले भुटानको भ्रमण गर्ने पनि उल्लेख छ ।

अप्रिलमा नेपाल ‘ए’को शृङ्खला हुनेछ भने महिलाको पनि शृङ्खला हुनेछ । यु–१९ महिलाको पनि शृङ्खला समावेश छ । जुलाइमा पुरुष टोलीको लिग २ शृङ्खला हुनेछ । महिला एसिया कप पनि हुनेछ । यु–१६ इस्ट जोन कप पनि यसै महिना हुनेछ ।

अगस्टमा पुरुषको एसीसी प्रिमियर कप हुनेछ भने कुवेतसँग टी–२०आई शृङ्खला पनि हुनेछ । टप एन्डमा यस वर्ष पनि सहभागिता जनाउने उल्लेख छ । सेप्टेम्बरमा पुरुष टोलीको बाइल्याटरल सिरिज हुनेछ भने महिलाको पनि युएईसँग शृङ्खला हुनेछ ।

अक्टोबरमा पुरुष टिमको लिग २ शृङ्खला हुनेछ भने महिला टिमको पनि त्रिदेशीय शृङ्खला हुने उल्लेख छ । नोभेम्बरमा नेपाल प्रिमियर लिग क्रिकेट हुनेछ भने डिसेम्बरमा महिला र पुरुष दुवैको अन्तरराष्ट्रिय शृङ्खला हुने क्यानले जनाएको छ ।