१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता
अ अ+ अ-

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच औपचारिक रूपमा चुनावी एकताको घोषणा गरिएको छ ।

आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दुवै पार्टीका शीर्ष नेतृत्वले चुनावी एकता घोषणापत्रमा हस्ताक्षर गर्दै संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाउनुभएको हो ।

उक्त पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष दीपक साहले संयुक्त रूपमा चुनावी एकता घोषणापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

दुई पार्टीबीच भएको सहमतिअनुसार सर्वोदय पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने, साझा चुनावी घोषणापत्र निर्माण गर्ने तथा चुनावी प्रक्रियामा उत्पन्न हुनसक्ने विवाद समाधानका लागि संयुक्त संयन्त्र गठन गर्ने उल्लेख गरिएको छ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष उपाध्यायले वर्तमान देशको जटिल राजनीतिक अवस्था, अस्थिरता र जनतामा बढ्दो निराशाबाट निकास खोज्ने उद्देश्यले औपचारिक चुनावी एकता घोषणा गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “देशलाई स्थिरता, सुशासन र जवाफदेही राजनीतिक संस्कृतितर्फ डो¥याउन समान सोच र लक्ष्य भएका शक्तिहरूबीच एकता अपरिहार्य भएको छ ।”

यसैगरी सर्वोदय पार्टीका अध्यक्ष दीपक साहले ‘जेनजी आन्दोलन’ को भावना, चेतना र मागलाई व्यवहारमा रूपान्तरण गर्दै नयाँ राजनीतिक संस्कृतिको निर्माण गर्ने लक्ष्यसहित एकीकृत मोर्चाबाट चुनावमा जाने निर्णय गरिएको बताउनुभयो ।रासस