५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा मिल्न बाँकी हिसाब !



अ+ अ-

नेपालको राजनीतिमा हिसाब मिलेकै त कहिल्यै छैन, किनभने सही सलामत रुपमा राजनीति सिधा रेखाबाट अहिलेसम्म अघि बढेको हामीले देखेका पनि छैनौँ । तर, पछिल्लो समयमा भने राजनीतिको हिसाब नमिलेको मात्र होइन कि बिग्रेकै महसुुस भएको छ ।

हिसाब बिग्रिएको कुरा हिजो र आज नेताहरुले दिएका अभिव्यक्तिबाटै छर्लङ्ग हुन्छ । किनभने उनीहरु अबका दिनमा हिसाब मिलाएरै छोड्ने प्रण गरेका छन् र अहिले हिसाब बिग्रेको खुलासा पनि गरेका छन् ।

केही महिनाको कारबास बसाईपछि हिजो मात्र जेलमुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आजै हिसाब मिलाउन बाँकी रहेको उद्घोष गरे । उनी जेलबाट निस्किएपछिको आज चितवनको पहिलो सम्बोधन थियो र उनले सुरुमै हिसाबै हमला गरेका थिए । उनको भनाई थियो— धेरैको हिसाब मिलाउनै बाँकी छ, म निस्किएको छु, अब हिसाब मिलाएरै छोड्छु ।

तर उनको यो उद्घोष भने अमूर्त नै थियो । किनभने उनले आफूलाई पटक पटक र धेरै ठाउँमा जेल पठाउने पार्टीको या पार्टीका नेताहरुको हिसाब मिलाउन बाँकी हो कि आफू धरौटीमा निस्किएको मुद्दाको हिसाब बाँकी हो, त्यो चाहिँ खुलाएनन् ।

यो पनि पढ्नुहोसरिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ

तर उनको हिसाब राजनीतिक नै हो । किनभने उनी एक उदीयमान पार्टीका नेता पनि हुन् । त्यसैले जनजनले यो बुझ्ने छन् कि उनको हिसाब सहकारीको तिर्नुपर्ने मुद्दाको होइन कि राजनीतिकै हो ।

आजै पूर्व माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यही भाषा र शैलीमै हिसाब मिलाउने खुलासा गरे । उनको पनि भनाई थियो कि राजनीतिमा हिसाब धेरै नै गडबड भएको छ, अब यसलाई छिट्टै मिलाइने छ, मिलाउनुपर्छ ।

तर आज उनको रिस कोसँग हो त्यति क्लिएर थिएन । किनभने उनले यो सरकारलाई अहिलेसम्म आलोचना गरेका थिएनन् । उनले एक दर्जन भन्दा बढी पार्टी मिलाएर बनाएको नेपाली कम्युनिष्ट पार्टीका बाहिर तिरका सभामा उनको गाली गलौजका प्रमुख पात्र एमाले अध्यक्ष केपी ओली हुने गरेका थिए ।

तर आज उनले वर्तमान सरकारलाई पनि यस्सो आलोचना गरेजस्तो गरेका थिए । उनले यो सरकार निर्वाचन गराउन भन्दा पनि अन्तै अल्मलिएको सम्म भन्न भने भ्याए । सायद उनलाई प्रधानमन्त्री सुशिला कार्कीले बाल नदिएको हुनुपर्छ । किनभने केही समय अघि उनले नै सार्वजनिक रुपमा प्रधानमन्त्रीलाई भेट्न नपाएको गुनासो सम्म गर्न भ्याएका थिए ।

त्यसैले हिसाब मिलाउनुपर्ने सायद वर्तमान सरकारसँगै पो हो कि ? प्रधानमन्त्री कार्की पछिको शक्तिशाली मन्त्री मानिएका कुलमान घिसिङलाई पनि अस्ति उनले सार्वजनिक सभामै कुलमानले जनतालाई ढाँटेकाले अब उनलाई ठिक नहुने सफ्ट खालको चेतावानी दिएकै थिए । यसकारण पनि उनको आजको हिसाब सायद ओली या पूर्व सरकारसँग भन्दा पनि बढी ओलीसँग हुनसक्छ ।

हिसाब बाँकी रहेका अर्का नेता हुन् एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली । उनी अध्यक्षमा निर्वाचित भएकै दिन दिएको सम्बोधनमा उनले पनि मुलुकमा राजनीतिको हिसाब बिग्रेको फेहरिस्त पेस गर्दै यसरी हिसाब बिगार्नको एक एक बही खाता राखिएकोले समय आएपछि त्यो हिसाब असुल उपर गरिछोड्ने जनाएका थिए ।

उनको अस्तीको र आज रवि लामिछानेको शैली लगभग उस्तै प्रकारको थियो । दुवै जना आक्रामक थिए र हिसाब मिलाएरै छोड्ने बताएका थिए । पात्र फरक होलान् या लेनदेन या ऋणीको पहिचान फरक फरक होला । तर नेताहरुको हिसाब मिलाउने धम्कीले मुलुकको बिग्रिएको राजनीतिको हिसाब कहिलेसम्म मिल्ने होला भनेर जनताले उत्सकता राख्नु अस्वाभाविक भने होइन ।