२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पासाङ शेर्पाको उम्मेदवारी खारेज



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सदस्य पदका उम्मेदवार पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ।

बहुविवाह मुद्दामा दोषी ठहर भइसकेका कारण शेर्पाको उम्मेदवारी अमान्य ठहर गरिएको हो।

शेर्पाले आदिवासी–जनजाति खुला समूहअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका थिए। तर बहुविवाह मुद्दामा दोषी ठहर भएको व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको थियो।

उजुरीमाथि छानबिनपछि निर्वाचन आयोगले शेर्पाको उम्मेदवारी खारेज गर्ने निर्णय गर्दै अन्तिम उम्मेदवार सूचीबाट उनको नाम हटाएको छ।

शेर्पालाई पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रीय सदस्यको सूचीमा समावेश गरेको थियो।