२९ भाद्र २०८३, सोमबार
,
Latest
देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न



अ+ अ-

काठमाडौँ। अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा आयोजित तीनदिने (डिसेम्बर ८, ९ र १०) मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन ‘काठमाडौँ घोषणापत्र–२०२५’ जारी गर्दै सम्पन्न भएको छ ।

महिनावारी विभेदलाई असमान शक्ति–सम्बन्ध, पितृसत्ता र सामाजिक बहिष्कारको मूल कारणका रूपमा औपचारिक मान्यता दिनुपर्ने निष्कर्षसहित १२ बुँदे घोषणापत्र जारी गरेको हो । यसलाई ‘हानिकारक परम्परागत अभ्यास’भित्र नराखी विशेष प्रकारको विभेदका रूपमा सम्बोधन गर्नुपर्ने पनि सम्मेलनको निष्कर्ष रहेको छ ।

‘मर्यादित महिनावारीः मर्यादा, समानता र मानव अधिकार’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा महिनावारी विभेदका प्रभावको वैश्विक नक्सा, त्यसले उत्पन्न गर्ने लैङ्गिक तथा यौनिक हिंसा, स्वास्थ्य, जलवायु न्याय, शिक्षा क्षेत्र जस्तामा पार्ने असर तथा अपाङ्गता, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र ज्येष्ठ नागरिकका सन्दर्भमा देखिने चुनौतीबारे गहन छलफल भएको थियो । सम्मेलनमा नेपालसहित २१ देशका १४० जना प्रतिनिधिको सहभागिता थियो ।

सम्मेलनले महिनावारी विभेदलाई ‘हानिकारक परम्परागत अभ्यास’का रूपमा मात्र होइन, स्वतन्त्र र विशिष्ट मानव अधिकार उल्लङ्घनका रूपमा सम्बोधन गर्नुपर्ने तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, एचआइभी, शिक्षा, बालअधिकार तथा सार्वजनिक स्वास्थ्यका सबै संवादमा मर्यादित महिनावारीलाई प्रवेश–बिन्दुका रूपमा राखिनुपर्ने घोषणामार्फत आह्वान गरेको छ ।

साथै अपाङ्गता अधिकार, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार तथा ज्येष्ठ नागरिकसम्बन्धी नीतिमा मर्यादित महिनावारीको ढाँचा अनिवार्य रूपमा समायोजन गर्नुपर्ने, डिसेम्बर ८ लाई अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवसका रूपमा संयुक्त राष्ट्रसङ्घले आधिकारिक मान्यता दिनुपर्ने आह्वान र प्रतिबद्धता प्रस्तुत गरेको छ ।

महिनावारी व्यवस्थापन सामग्रीमा करसम्बन्धी नीति र संवादमा ‘महिनावारीका कुरा मर्यादा केन्द्रित भएमात्रै हुन्छ पूरा’ भन्ने दृष्टिकोण लागू गर्नुपर्ने, औपचारिक तथा अनौपचारिक कार्यस्थल, खेलकुदलगायतमा महिनावारी तथा रजोनिवृत्तिसम्बन्धी विभेद अन्त्यका लागि विशेष रणनीतिहरू समावेश गर्नुपर्ने माग पनि सम्मेलनले गरेको छ । रासस