१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग

चेम्बरद्वारा आर्थिक नीतिगत स्थायित्वको माग

चेम्बरद्वारा आर्थिक नीतिगत स्थायित्वको माग
अ अ+ अ-

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले आर्थिक नीतिगत स्थायित्वका निम्ति सरकारसँग माग गरेको छ ।

चेम्बरका अध्यक्ष कमलेशकुुमार अग्रवालसहितको पदाधिकारीको टोलीले आज सरकारका नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालसँग भेटवार्ता गरी आर्थिक नीतिगत स्थायित्व नभएसम्म निजी क्षेत्रको मनोबल र लगानीप्रति आकर्षण बढ्न नसक्ने बताएका हुन् ।

एकातर्फ नीतिगत परिवर्तनको जोखिम अर्कोतर्फ आन्दोलन र तोडफोडको डरले व्यवसायीहरु त्रसित अवस्थामा रहेको अध्यक्ष कमलेश अग्रवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत हाराहारीमा योगदान रहेको र समग्र अर्थतन्त्रको मुहान नै निजी क्षेत्र भएकाले निजी क्षेत्र सुदृढ नभएसम्म आर्थिक गतिविधि विस्तार, लगानी, रोजगारी सिर्जना एवं राजस्व परिचालन हुन सक्दैन ।”

चेम्बरले कालोसूचीका सम्बन्धमा बैंक तथा वित्तीय संस्थाद्वारा लागू गरिएको प्रावधान कठोर र अपारदर्शी भएको भन्दै मुख्यसचिव अर्यालसमक्ष ध्यानाकर्षण गराएको छ । सुझावपत्रमा भनिएको छ, “कुुनै एक व्यक्ति वा फर्म कालोसूचीमा परेको अवस्थामा उसको आंशिक स्वामित्व वा संलग्नताले अन्य फर्महरुलाई बैंकिङ सुविधा प्रयोग गर्न अवरोध गर्दा ती निर्दोष साझेदार र सञ्चालक पनि समस्यामा पर्न गएका छन् ।”

कूल गार्हस्थ उत्पादन जिडिपीको तुलनामा नेपालमा राजस्व परिचालन दक्षिण एसियाकै उच्च रहेको चेम्बरले जनाएको छ । एकातर्फ खुला सिमाना र अर्कोतर्फ भारतमा जिएसटीका दरमा भएको व्यापक कटौतीका कारण अविलम्ब भन्सार दर एवं मूल्य अभिवृद्धि करका दुई दरको समयसापेक्ष पुनरावलोकन आवश्यक रहेको चेम्बरले उल्लेख गरेको छ । रासस