७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा

ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी

ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी
अ+ अ-

इनर्जी, भिजन, फ्युचर” थिममा सम्पन्न भएको २०२६ डोंगफेंग डिलर कन्फरेन्समा एमएडब्लू वृद्धि मोटर्सले “२०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स” र “२०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स” गरी दुई महत्वपूर्ण सम्मानहरू प्राप्त गरेको छ। नेपालमा इभी प्रवर्द्धन, नेटवर्क विस्तार र ग्राहकको हितमा काम गरेका कारण कम्पनीलाई यी पुरस्कारहरू प्राप्त भएको हो। यी अवार्डहरू एमएडब्लू समूहको वातावरण प्रति को  जिम्मेवारी र नयाँ ऊर्जा क्षेत्र को प्रबर्धन गर्ने व्यापक लक्ष्यसँग मेल  समूहले नेपाललाई स्वच्छ उर्जा का यातायाततर्फ लैजानका लागि पूर्ण ईभी इकोसिस्टम र आवश्यक पूर्वाधार निर्माण गर्न लागिपरेको छ। ईभी क्षेत्रमा निभाएको अग्रणी भूमिकाकै कारण एमएडब्लू वृद्धिले वातावरण संरक्षण र प्रदुषणमुक्त यातायात समाधानमा समर्पित अग्रणी ब्रान्डको रुपमा आफ्नो पहिचान बनाएको छ।

एमएडब्लू वृद्धि मोटर्सले केवल १४ महिनाकै दौरानमा १२५० भन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ, जुन न्यू इनर्जीको क्षेत्रमा उल्लेखनीय उपलब्धि हो। यसको ह्याचब्याक मोडेल नामी बक्स आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री भएको गाडी बनेको छ। यसले स्मार्ट फिचर भएका गाडीप्रति ग्राहकको विश्वास र माग बढेको देखाउँछ। कम्पनीले हालसालै भित्र्याएको नामी भिगोको डेलिभरी अक्टोबरदेखि सुरु गरेको छ। यसले उपभोक्ताका लागि अझ धेरै ईभीको छनोटहरू उपलब्ध गराएको छ। देशभर रहेका १२ वटा बिक्री केन्द्रले ग्राहकलाई ईभीबारे बुझ्न, यसलाई प्रत्यक्ष अवलोकन गर्न र ढुक्क भएर न्यू इनर्जी गाडी रोज्न सहज वातावरण बनाइदिएको छ।

एमएडब्लू ग्रुपले ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारण सर्भिस एक्सलेन्स अवार्ड प्राप्त गरेको हो। एमएडब्लू वृद्धि मोटर्सका १० सेवा केन्द्रहरू छन्। यसको ग्राहक सन्तुष्टि दर ९२% छ र २४/७ हेल्पलाइन मार्फत यसले एकदम छिटो सहायता उपलब्ध गराउँछ। यसको सेवा प्रणालीमा पिक–एण्ड–ड्रप, रोडसाइड असिस्टेन्स तथा अफ–रोड सेवा जस्ता सुविधा भएकोले ग्राहकहरूले जुनसुकै स्थानबाट सहयोग लिन सक्छन्। यी सबै सुविधाहरूले गर्दा एमएडब्लू वृद्धि गाडी बिक्रीपछि पनि ग्राहकहरूसँग दीर्घकालीन विश्वास र सम्बन्ध कायम गर्न सफल रहेको छ।

कम्पनीको ब्रान्ड दृष्टिकोण स्टेकहोल्डरको कदर, नेतृत्वदायी क्षमता र कम्पनीको उद्देश्यमा मानिसहरूको विश्वास जस्ता तीन मुख्य कुराहरूमा आधारित छ। स्वच्छ ऊर्जा, पूर्वाधारमा लगानी र ग्राहकलाई प्राथमिकतामा राख्ने सेवा प्रणालीका कारण स्टेकहोल्डरहरूले यस ब्रान्डमा भरोसा राखेका छन्।

यी सम्मान र निरन्तरका पहलहरू मार्फत, एमएडब्लू वृद्धि मोटर्सले नेपालका लागि एक दिगो र प्रगतिशील भविष्य निर्माण गर्ने जिम्मेवार नेतृत्वको रूपमा आफ्नो पहिचानलाई अझ बलियो बनाउँनेछ ।

यसै सन्दर्भमा समूहका अध्यक्ष श्री विष्णु कुमार अग्रवालले भने, “हामी नेपालमा वातावरणमैत्री गाडी हरू ल्याउन निरन्तर काम गर्नेछौँ ,यसले आयातित इन्धनप्रतिको निर्भरता घटाएर, स्वदेशमै उत्पादित बिजुलीको खपत बढाउँछ, र राष्ट्रको अमूल्य विदेशी मुद्रा बचत गर्न मद्दत गर्नेछ। ग्राहक को सन्तुष्टि सधैँ हाम्रा हरेक कार्यको  केन्द्रमा रहनेछ।”