७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

लुटिएका हतियार र फरार कैदीहरु फिर्ता नल्याउँदासम्म शान्तीपूर्ण ढंगले निर्वाचन हुन सक्दैनः सांसदहरु

लुटिएका हतियार र फरार कैदीहरु फिर्ता नल्याउँदासम्म शान्तीपूर्ण ढंगले निर्वाचन हुन सक्दैनः सांसदहरु
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले अगामी २१ फागुनमा घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन् ।

बिहीवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनीहरुको यस्तो टिप्पणी गरेका हुन् । जेनजी आन्दोलनको क्रममा जेलबाट भागेका कैदीबन्दी तथा लुटिएका हातहतियार समाजमै रहेको उल्लेख गर्दै उनीहरुले यस्तो अवस्थामा शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न नसकिने धारणा राखे ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद युवराज शर्माले मुलुक हिंसात्मक बन्दै गएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराउनुभयो । उहाँले पछिल्ला दिनमा महिला हिंसा, बलात्कार र हत्या जस्ता घटनामा वृद्धि भएको उल्लेख गर्दै यस विषयमा सरकार गम्भीर बन्न जरुरी रहेको बताउनु भयो । उहाँले जेन–जीको नाममा केही समूहहरुले राजनीतिक दलहरुलाई शान्तीपूर्ण ढंगले  कार्यक्रम समेत गर्न नदिएके भन्दै यस्तो अवस्थामा कसरी निर्वाचन हुन्छ ? भन्ने प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री सुशीला कार्कीलाई कुलमान घिसिङलाई मन्त्रीबाट हटाउन समेत आग्रह गर्नुभयो । उहाँले राजनीतिक दल खोलेर निर्वाचन लड्नको लागि स्रोतको छानविन गर्नुपर्ने भन्दै मन्त्री नियुक्तिको विषयमा पुनर्विचार गर्न उहाँको आग्रह छ ।

उहाँले भन्नुभयो, ‘माननीय गृहमन्त्रीज्यु नेपाली समाज एउटा हिंस्रक समाजको रुपमा रुपान्तरित भइसकेको देखिन्छ । अपराधको तथ्यांक हेर्दा, महिला हिंसा, बलात्कार र हत्याका घटनाहरु ह्वात्तै बढेको छ । त्यसमा पनि अपराधीहरु भोगका छन् । लुटिएका हतियारहरु अझै बाहिर नै छन् । दलहरुको शान्तीपूर्ण गतिविधि गर्दा जेनजीको नाममा गतिरोध गरिनु घरमै पुगेर मान्छेलाई जलाउने धम्की दिन्छ । कुनै जेनजी समूहको पत्रकार सम्मेलनमा माननीय मन्त्रीज्यूको समेत सहभागिता देखिन्छ भने त्यसलाई कसरी मान्ने ? मेरो व्यक्तिगत विचार कुनै नयाँ दल खोलेका माननीय मन्त्रीज्यूको सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूले पुर्नविचार गर्नुपर्दछ । एउटा निर्वाचन क्षेत्रमा न्युनतम १० लाख खर्च गर्न पाउने भनिएको छ । यसरी हेर्दा सबै क्षेत्रमा निर्वाचन लड्दा २५ देखि ३० करोड लाग्छ । ती माननीय मन्त्रीजीले त्यो पैसा जुटाउन कहाँबाट सक्नुहुन्छ । अनि अब मन्त्रीको औचित्य के रह्यो त ? यो पनि मेरो प्रश्न हो । आम निर्वाचनलाई धाँधलीरहित गराउन निर्वाचन केन्द्रको पारम्परिक ढाँचामा परिवर्तन अनिवार्य छ ।’

नेकपा (एमाले)की सांसद रुक्मिणी कोईरालाले कैदीबन्दी फरार तथा हातहतियार समेत समाजमै रहेको अवस्थामा शान्तीपूर्ण ढंगले निर्वाचन हुन नसक्ने बताउनु भयो । उहाँले सरकारले अझै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न वातावरण निर्माण गरिनसकेको उहाँको भनाइ छ । उहाँले हातहतियार र हअपराधी समेत समाजमै रहेको अवस्थामा शान्तीपूर्ण निर्वाचन सम्भव छ ? उहाँको प्रश्न छ ।  उहाँले भन्नुभयो, ‘सरकारले निर्वाचन हुन्छ भनिरहेको बेलामा राजनीतिक दलहरुले पनि भोट माग्न तल नै पुग्नुपर्ने हुन्छ । हिजो लुटिएका सबै हतियारहरु पनि सबै समाजमै छन् । कारागारबाट भागेका कैदीबन्दीहरु समेत बाहिर नै रहेको अवस्था छ । सरकारले फिर्ता बोलाउने कार्य गरिरहेको भनेको छ । तर अझै पनि अधिकांशहरु बाहिर नै रहेको अवस्था छ । यस्तो अवस्थामा कसरी शान्तीपूर्ण ढंगले निर्वाचन हुन्छ त ? यसबारे मन्त्रीज्यूले प्रष्ट पारिदिनुपर्छ । मुलुकमा यस्तो समस्या भएको बेला निर्वाचन कसरी सम्पन्न गर्न सकिन्छ त प्रधानमन्त्रीज्यू ?’

उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले सुरक्षाको ग्यारेन्टी गर्न नसकेको टिप्पणी गर्नुभयो । बैठकमा बोल्दै समिति सभापति माया प्रसाद शर्माले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सरकारले पूरा गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचन अपरिहार्य भएपनि सरकार र दलहरुले उचित वातावरण बनाउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले सरकार र दलहरुले एकअर्कासँग निहुँ खोज्ने कार्य रोके घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सकिने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले निर्वाचन एकदमै अपरिहार्य आवश्यकता भएको छ । यो सरकारले भनिरहेको पनि छ । सरकारले समयमै निर्वाचन सम्पन्न गराउनु पनि पर्छ । तर राजनीतिक दलहरुले पनि संयमित भएको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउने भन्नेबारेमा सोच्नुपर्छ । नयाँ पुराना दलहरुले निहुँ खोज्दै नहिड्ने गर्नुपर्छ । सरकारले पनि निहुँ खोज्ने र खोज्न बाध्य पार्ने काम गर्नुहदुैन । यी सबै कुरामा सबै सरकार र दलहरु संयमित हुन सक्यौं भने घोषित मितिमा निर्वाचन हुन्छ जस्तो लाग्छ ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले सरकारले घोािषत मितिमा निर्वाचन सम्पन्न गर्न लुटिएका हतियार भागेका कैदीहरु तत्काल फिर्ता ल्याउनुपर्ने धारणा धारणा राखे । दलहरुले शान्तीपूर्ण कार्यक्रम समेत गर्न नपाएको भन्दै उनीहरुले यस्तै अवस्थामा निर्वाचन सम्भव नरहेको उनीहरुको भनाइ छ ।