१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा पोखरा



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आज दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दैछन् ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखरा टस जितेर ब्याटिङ गर्दैछ । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा र अनिल साहका नेतृत्वमा रहेको साविक विजेता जनकपुर प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छन् ।

जनकपुर र पोखरा यसअघि खेलेका दुवै खेलमा पराजित भएका थिए । पोखरा पुछारबाट क्रमशःपहिलो र जनकपुर दोस्रो स्थानमा छ ।

प्लेअफको सम्भावना जीवितै राख्न दुबै टोलीलाई आजको खेल जित्नैपर्ने दबाव छ । आज नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको थियो ।