७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दा मनोबल खस्कियोः मल्होत्रा

उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दा मनोबल खस्कियोः मल्होत्रा
अ+ अ-

काठमाडौं । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष दीपककुमार मल्होत्राले देशमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै जाँदा उनीहरुको आत्मबल कमजोर भएको बताउनुभएको छ ।

नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले अन्य मुलुकमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा सुधार नआएसम्म मुलकमा आर्थिक विकास हुन नसक्ने बताउनुभएको हो ।

उहाँले इज्जत पाउने वर्गलाई इज्जत नदिनु दुःखद् कुरा भएको बताउनु भयो । अध्यक्ष मल्होत्राले जेन–जी आन्दोलन हुनुको मुख्य कारण नै मुलुकभित्रको कुशासन रहेको बताउनु भयो । अब कुशासनलाई हटाएर मुलुकमा व्यवसायीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँकाअनुसार निजी क्षेत्र सक्रिय भएर अघि बढे दुवै मुलुकको अर्थतन्त्र लाभान्वित हुनेछ ।

अध्यक्ष मल्होत्राले भन्नुभयो–‘सबभन्दा यो देशको  दुर्भाग्य भनेको संसारमा सबै देशमा उद्योग व्यापारीले इज्जत पाउछ तर यहाँ उद्योगी व्यवसायीले इज्जत पाउन सकेन । इज्जत पाउने जुन वर्ग हो, उसले इज्जतै पाउन सकेन । एउटा न्यारेटिभ के विकास भयो भने यिनिहरु ठगहरु हुन्, यिनिहिरु ट्याक्स चोर्छन्, यिनिहरुले राम्रा काम गर्दैनन्, भन्नेखालको न्यारेटिभ बन्यो । हुँदाहुँदा हामीलाई नेता, कर्मचारी, पत्रकार, जनताले पनि त्यही भन्न थाले । हामी विना हाम्रो देशको विकास, समृद्ध गर्न असम्भव छ । व्यापारी उद्योगपति भएन र काम गरेन भने देशको अर्थतन्त्र कहाँ जान्छ ?’

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मसका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–भियतनाम व्यापार सम्बन्धमा अझ ठूलो सम्भावना रहेको बताउनु भयो । उहाँले आगामी दिनमा भियतनामसँग सम्बन्ध बढाएर नेपालले व्यवसायिक फाइदा लिनुपर्नेमा जोड दिनुभयो ।  पूर्वअध्यक्ष श्रेष्ठले भन्नुभयो–‘भियतनामको जुन जीडीपी ग्रोथ छ, सोही अनुसारको नेपालले हासिल गर्नका लागि सम्बन्ध बढाउन जरुरी छ ।’

उहाँले भियतनाममा हुने मेलाहरुबाट फाइदा उठाउन नेपालले निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १४ औँ वार्षिक साधारण सभाले सुनिलभक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा निःवर्तमान अध्यक्ष  दीपककुमार मल्होत्रा र उर्मिला श्रेष्ठ वरिष्ठ उपाध्यक्ष तथा सुरेशमान श्रेष्ठ तथा गोपालदास मानन्धर उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

महासचिवमा नवीन सारु (डोलबहादुर थापा), कोषाध्यक्षमा स्वाति घोरीवाला, सचिवमा पवित्रमान गुरुङ र प्रकाश (राम) श्रेष्ठ निर्वाचित हुनुुभएको छ । सदस्यहरूमा मनिशलाल प्रधान, सुशील स्थापित, दीपक महर्जन, सञ्जीव तुलाधर, राजु श्रेष्ठ, श्याम मारवाडी, रश्मी पन्त चयन हुनुभएको छ भने कुमार श्रेष्ठ, प्रकाश रेग्मी, आयुसबहादुर श्रेष्ठ, रमेश पराजुली, विधाता श्रेष्ठ, अच्युतबहादुर हाडा, सक्षम घिमिरे, सर्वोत्तम लाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै कार्यसमितिले किरणकुमार श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ र डा. सरोज अधिकारीलाई सल्लाहकारमा चयन गरेको छ ।

पदस्थापन समारोहपछि नवनिर्वाचित अध्यक्ष सुनिलभक्त श्रेष्ठले भियतनामसँगको व्यापारिक सम्बन्ध विस्तारमा आफूले जोड दिने बताउनु भयो । उहाँकाअनुसार दुवै देशबीचको व्यापार क्षमता ठूलो छ । अबको कार्यकालमा व्यापारिक प्रमोशन, लगानी आकर्षण तथा व्यवसायीहरूलाई जोड्ने प्लेटफर्मलाई अझ सशक्त बनाउँदै लगिनेछ ।