२२ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसि प्रिमियर कपमा नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने



अ+ अ-

काठमाडौं। युएईमा जारी १९ वर्षमुनिको एसिसि प्रिमियर क्रिकेट कप अन्तर्गत आजको खेलमा नेपालले हङकङ विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

एक दिवसीय यस खेलमा नेपाल र हङकङ दुबैले एक एक खेल जितेका छन् ।

नेपाल, हङकङ र साउदी अरेबिया समूह क मा रहेका छन् । नेपालले आजको खेल जितेमा दोस्रो चरणमा प्रवेश गर्नेछ ।

अशोक धामीको कप्तानीमा रहेको नेपालले यसअघि साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको थियो । नेपालका लागि निरज कुमार यादवले शानदार ११४ रन बनाएका थिए भने निश्चल क्षेत्रीले ६६ तथा वंश क्षेत्रीले ३० रनको महत्वपूर्ण योगदान गरेका थिए ।