३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः विराटनगरले टस जितेर बलिङ गर्दै



अ+ अ-

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा विराटनगरले टस जितेर बलिङ रोजेको हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ । कुशल मल्लको नेतृत्वमा रहेको चितवन दुई खेलबाट दुई अङ्कका साथ तालिकाको चौथो स्थानमा छ ।

विराटनगर लगातार चौथो खेल जित्दै प्ले अफमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने दाउमा छ । यसअघि एकमा हार र एकमा जित निकालेको चितवन आजको खेल जितेर विराटनगरको अपराजित यात्रामा विराम लगाउने योजनामा छ ।रासस