काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा जारी छ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा विराटनगरले जनकपुरलाई १३६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन जोड्यो । उसका लागि बसिर अहमदले सर्वाधिक ३६ रन जोडे । यस्तै, लोकेश बमले २८, शुभम रन्जानेले १५, मार्टिन गप्टिलले १३, जर्ज मुन्सीले १० रन जोडे ।
जनकपुरका संगीथ कुरेले ४ ओभरमा २६ रन खर्चेर दुई विकेट लिए भने रुपेश सिंहले २ ओभरमा १२ रन खर्चेर दुई विकेट लिँदा आदित्य महताले २ ओभरमा १६ रन खर्चेर एक विकेट लिए ।










