२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै



अ+ अ-

बारा । ‘जेनजी’ अगुवा र जिल्ला प्रशासन कार्यालय बाराबीच यहाँ वार्ता सुरु भएको छ ।

सशस्त्र प्रहरी रुद्रवाहिनी पथलैयामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा वार्ता सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो ।

बाराको सिमरामा बुधबार ‘जेनजी’ र नेकपा ९एमाले० कार्यकर्ताबीच विवाद भएपछि असामान्य अवस्था बनेको थियो । ‘जेनजी’ युवाले प्रदर्शन जारी राखेपछि स्थानीय प्रशासनले दुई दिन ‘कफ्र्यू’ लगाएको थियो । प्रदर्शन पक्षधरले आफूहरूलाई एमालेका नेता कार्यकर्ताले कुटपिट गरेको भन्दै संलग्नलाई पक्राउ गरी कारबाहीको माग गरिरहेको थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेपछि यहाँको अवस्था सामान्य बन्दै गएको छ ।

आज बिहानदेखि जनजीवन समान्य बन्दै गएको छ भने यातायात पनि पूर्ण रूपमा सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीय प्रशासनको आग्रहपछि अभियन्ता सुदन गुरुङ, ‘जेनजी’ नेता पुरुषोत्तम यादवलगायत काठमाडौँबाट मधेस आएका छन् । उहाँहरू वार्तामा सहभागी भएपछि थप निष्कर्षमा पुगिने जनाइएको छ ।