२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्व पीडित समुदायको धर्ना (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्व पीडित समुदायले धर्ना दिएका छन् ।

शुक्रवार सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालयमा धर्ना दिएका हुन् ।समुदायले विस्तृत शान्ति सम्झौता भएको २० वर्षगाँठको सन्दर्भमा द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाका पीडित समुदायले धर्ना दिएका हुन् ।

उनीहरुले विधि र प्रक्रिया मिचेर तेस्रो पटक पनि दलीय भागबण्डा र नेताको खल्तीबाट गठित र राजनीतिक नेतृत्वबाट नियन्त्रित सत्य निरुपण तथा मेलमिला आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग तत्काल खारेज गर्न माग गरेका छन् ।

आम द्वन्द्व पीडित समुदायले आफ्नो पीडा, आँशु र अन्यायको सम्बोधन गर्ने कुनै विश्वास र भरोसा नभएका आयोगको निरन्तरता पीडितको आशाप्रतिको कुठाराघात र समयको बर्बादी भएको जिकिर गरेका छन् । पीडित समुदायले बहिष्कार गरेका आयोग पदाधिकारीले पदलोलुपता छोडेर तत्काल राजीनामा गर्न माग गरेका छन् । साथै उनीहरुले विश्वसनीय र पारदर्शी प्रक्रिया आरम्भ गर्न मार्ग प्रशस्त गर्न माग पनि गरेका छन् ।