२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमरामा ४ सेल अश्रु ग्यास प्रहार, २ राउन्ड हवाई फायर



अ+ अ-

काठमाडौँ । बाराको सिमरामा कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सडकमा उत्रिएपछि प्रहरीले अश्रु ग्यास प्रहार र हवाई फायर गरेको छ ।

बिहिबार कर्फ्युको समयमा पनि सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बारा प्रहरीले चार राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर गरेको हो ।

स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणमा लिने क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना घाइते भएको बताइएको छ ।

हिजो आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै बिहिबार बिहान १० बजेबाट जेनजी युवाहरुले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका थिए । सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र युवाहरुबिच झडप समेत भएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको छ ।