२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमरामा ४ सेल अश्रु ग्यास प्रहार, २ राउन्ड हवाई फायर



अ+ अ-

काठमाडौँ । बाराको सिमरामा कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सडकमा उत्रिएपछि प्रहरीले अश्रु ग्यास प्रहार र हवाई फायर गरेको छ ।

बिहिबार कर्फ्युको समयमा पनि सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बारा प्रहरीले चार राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर गरेको हो ।

स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणमा लिने क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना घाइते भएको बताइएको छ ।

हिजो आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै बिहिबार बिहान १० बजेबाट जेनजी युवाहरुले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका थिए । सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र युवाहरुबिच झडप समेत भएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको छ ।