२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि र छविको मुद्दाको सुनुवाई स्थगित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आजको सुनुवाइ स्थगित भएको छ ।

रविको पक्षका कानुनी व्यवसायीले निवेदन दिएपछि आजको सुनुवाइ स्थगित गरिएको हो ।

उच्च अदालत बुटवलका उपरजिस्टार यज्ञ मूर्ति ज्ञवालीले छानेका गोलाप्रथाबाट तीन नम्बर इजलासको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ परेको थियो । ३ नम्बर इजलासमा न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा परेको थियो ।

यसअघि उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले उनीहरूको मुद्दाको मूल मिसिल झिकाउनका लागि आदेश दिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेको थियो । उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

अदालतले यसअघि नै लामिछाने र जोशी मुद्दा एकै साथ हेर्न आदेश दिएको थियो । लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवामा रहेका छन् ।